ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकाश दाहालको स्मृति सभामा यसरी भावविह्वल भए प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्ड ( भिडियोसहित)


एबीसी न्यूज
मंसिर ३, २०७५ सोमबार  ४ : २५ बजे

ललितपुर, ३ मसिर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितमा योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गर्नुभयो । स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसर पारेर खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाई राख्न पनि दाहाल परिवारलाई आग्रह गर्नुभयो । कार्यक्रममा भावविह्वल अवस्थामा रहेका अर्का अध्यक्ष प्रचण्ड र उहाँका परिवारलाई प्रधानमन्त्री ओलीले मृत्यु फर्काउन वा सच्याउन नसकिने विषय भएको स्मरण गराउँदै संयमता उपनाउन पनि पटक–पटक आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले स्वर्गीय प्रकाश दाहालको निधनबाट सिंगो पार्टी, देश र जनता अझै पीडामा रहेको बताउँदै त्यसलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लागि रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले प्रकाश दाहाललाई समझदार युवा नेताको रुपमा पनि चित्रण गर्नुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले छोरा प्रकाश दाहालको सम्झनामा स्मृति प्रतिष्ठान बनाई समाजोपयोगी काम गर्ने बताउनुभयो । प्रकाश दाहालको पहिलो स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रकाश र ज्ञानु स्मृति प्रतिष्ठान स्थापना गर्ने सोच रहेको बताउनुभयो । प्रचण्डकी जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै मृत्यु भइसकेको हो। उनीहरुको रुची भएको विषय शिक्षा, स्वास्थ्य तथा अनुसन्धान लगायतमा प्रतिष्ठानले काम गर्ने प्रचण्डले जानकारी दिनुभयो ।

प्रकाशको सम्झनामा स्मारिका प्रकाशित भएको र त्यसमा प्रकाशबारे जानकारी दिन खोजिएको पनि प्रचण्डले बताउनुभयो । सबैको सहयोग र सद्भावले आफ्नो परिवार विघटन नभएको भन्दै आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com