ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज प्रकाश दाहालको प्रथम स्मृति दिवस, २०७४ मंसिर ३ गते मृत्यु संग हारेका प्रकाश यस्ता थिए


एबीसी न्यूज

काठमाडौँ, ३ मङ्सिर ।  युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज एक वर्ष पुगेको छ ।  १० वर्षे माओवादी सशस्त्र आन्दोलनको मोर्चावद्ध लडाईमा सयाैं मृत्युलाई जितेका प्रकाश दाहाल अन्ततः २०७४ मंसिर ३ आइतबार मिर्मिरेसंगै मृत्यसंग हार्न पुगे । नेपालका प्रायः सबै शिर्ष नेताहरुको छोराछोरी उच्च शिक्षा लिएर पद र प्रतिष्ठाका लागि लडिरहेका बेला प्रकाश निरन्तर युद्ध र पिताको सुरक्षामा क्रियाशिल रहे । जीवनभरि नागरिक माझ रहेको प्रकाशको मृत्यु भने एक्लै सुटुक्क भयो ।

आजभन्दा ३७ वर्षअघि जन्मिएका प्रकाश दाहाल माओवादी विद्रोहका सयौं मोर्चामा आम्नेसाम्ने भिडन्तमा खटे । ती मोर्चामा कुशलतापूर्वक लडेका प्रकाशलाई २०७४ मंसिर ३ गते मृत्युले हराइ छाड्यो । सरल र सहज स्वभावका प्रकाश औपचारिक अध्ययनलाई छाडेर गरिखाने वर्गको सत्ता स्थापनाका लागि भन्दै माओवादी आन्दोलनमा बाल्यकालदेखिनै होमिए । इमानको राजनीतिबाट दीक्षित प्रकाशले माओवादी आन्दोलनको सयौ राजनीतिक तथा फौजी लडाईमा प्रत्यक्ष सहभागी भए ।

मुक्ति या मृत्युको कफन बाँधेर युद्धको मोर्चामा लामबद्ध बनेका प्रकाश तीन दिदीका एक मात्र भाइ हुन् । नेपाली राजनीतिका शीर्ष व्यक्ति प्रचण्ड र नेतृ सीता दाहालका एकमात्र छोरा प्रकाश सामान्य घरपरिवारमा जन्मिएका थिए । बाल्यकाल गृहजिल्ला चितवनमै बिताएका प्रकास विद्यालय तहको अध्यनन गर्दैगर्दा दिदीहरुसंग भारतमा समेत बसे । प्रचण्डको छोरा भएकै कारण जनयुद्ध सुरु भएपछि सरकारी स्तरबाट असुरक्षा भएकाले उनी अध्ययनलाई अधुरै छाडी माओवादी सशस्त्र युद्धमा होमिएन बाध्य भए ।

प्रचण्डको छोरा भएकै कारण मात्र उनको राजनीतिक उचाई बढेको भने होइन, दशवर्षे माओवादी सशस्त्र युद्धमा उनले बगाएको पसिनाको मूल्य अथाह छ । उनी तत्कालीन माओवादीको आधार इलाका रोल्पा र रुकुमका गाउ“बस्तीमा धेरै समय बसेर युद्धमोर्चामा लामवद्ध भए । २ सय ४० वर्षे सामन्ती सत्ता ढालेर जनताको व्यवस्था ल्याउन निरन्तर बम र बारुदसँग सयौं रात कटाए । यसरी सामान्ती राज्य सत्ता भत्काउने साहास र सौर्य प्रदर्शन गर्दै युद्ध मोर्चामा लड्नु सामान्य थिएन । समग्र नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरण लागि बाबुको नेतृत्वमा थालिएको विद्रोहको ताप, राप र बमबारीको तुवालोमा उनले आफूलाई समर्पित गरे ।

आकस्मिक हृदयघातसंग हारेका प्रकाशलाई सामाजिकरुपमा धेरैले आलोचना गरेपनि मृत्यका बेला उनी बिस्तरामा एक्लै थिए । राजधानीस्थित लाजिम्पाटको प्रचण्ड निवासमा एक्लै सुतेका प्रकाशलाई हृदयघात हुंदा पानी पिलाउने पनि कोही थिएनन् । बिहान उठाउन पुग्दा उनी बिदावारी भै सकेका थिए । नर्भिक अस्पतालका मुटु रोग बिशषज्ञ जेपी जयसवालले अस्पताल ल्याउनुभन्दा ३ घण्टाअघि नै प्रकाशलाई हृदयघात भएको अनुमान लगाएका थिए।

आलोचना योग्य केही असमाजिक कार्यका कारण यदाकदा आलोचित हुने प्रकाशले पार्टीप्रतिको निष्ठा र पिताप्रतिको समर्पणमा कहिल्यै कुनै कमजोरी गरेनन् । सामान्यतया अरु शिर्ष नेताका सन्तानले उच्चशिक्षा लिएर उच्चपदमा प्रतिस्पर्धा गरिरहंदा उनी बाबुको सुरक्षाअंग बन्नमै रमाए ।

उनी तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पार्टी हेडक्वार्टरका सचिवालय सदस्यको जिम्मेवारीमा थिए ।

राजनीतिक रुपले दिक्षित सकुशल योद्धा प्रकाश सामाजिक अभियन्ता समेत हुन् । विनाशाकारी भूकम्पले भत्किएका गाउबस्ती होउन् या बाढीपहिरोले उजाड बनाइएका बस्तीमा उनी सधैं पुग्थे । भूकम्पले क्षतविक्षत बनाएका मनमा मल्हमपट्टी गर्न र उनीहरुको जीवनरक्षाका लागि सधै खट्ने प्रकाश सामाजिक क्षेत्रमा पनि निकै प्रिय थिए । अझै युवा वर्गमा घुलमिल हुन सक्ने खुबी उनमा थियो । उनी पछिल्ला समयमा कृषि क्षेत्रमा रमाउँदै आएका थिए । उनले देशका निम्ति गरेका बलिदान, त्याग र सर्मपणको राज्यले सही मूल्याकन गर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com