ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज प्रकाश दाहालको प्रथम स्मृति दिवस, २०७४ मंसिर ३ गते मृत्यु संग हारेका प्रकाश यस्ता थिए


एबीसी न्यूज
मंसिर ३, २०७५ सोमबार  ८ : ०८ बजे

काठमाडौँ, ३ मङ्सिर ।  युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज एक वर्ष पुगेको छ ।  १० वर्षे माओवादी सशस्त्र आन्दोलनको मोर्चावद्ध लडाईमा सयाैं मृत्युलाई जितेका प्रकाश दाहाल अन्ततः २०७४ मंसिर ३ आइतबार मिर्मिरेसंगै मृत्यसंग हार्न पुगे । नेपालका प्रायः सबै शिर्ष नेताहरुको छोराछोरी उच्च शिक्षा लिएर पद र प्रतिष्ठाका लागि लडिरहेका बेला प्रकाश निरन्तर युद्ध र पिताको सुरक्षामा क्रियाशिल रहे । जीवनभरि नागरिक माझ रहेको प्रकाशको मृत्यु भने एक्लै सुटुक्क भयो ।

आजभन्दा ३७ वर्षअघि जन्मिएका प्रकाश दाहाल माओवादी विद्रोहका सयौं मोर्चामा आम्नेसाम्ने भिडन्तमा खटे । ती मोर्चामा कुशलतापूर्वक लडेका प्रकाशलाई २०७४ मंसिर ३ गते मृत्युले हराइ छाड्यो । सरल र सहज स्वभावका प्रकाश औपचारिक अध्ययनलाई छाडेर गरिखाने वर्गको सत्ता स्थापनाका लागि भन्दै माओवादी आन्दोलनमा बाल्यकालदेखिनै होमिए । इमानको राजनीतिबाट दीक्षित प्रकाशले माओवादी आन्दोलनको सयौ राजनीतिक तथा फौजी लडाईमा प्रत्यक्ष सहभागी भए ।

मुक्ति या मृत्युको कफन बाँधेर युद्धको मोर्चामा लामबद्ध बनेका प्रकाश तीन दिदीका एक मात्र भाइ हुन् । नेपाली राजनीतिका शीर्ष व्यक्ति प्रचण्ड र नेतृ सीता दाहालका एकमात्र छोरा प्रकाश सामान्य घरपरिवारमा जन्मिएका थिए । बाल्यकाल गृहजिल्ला चितवनमै बिताएका प्रकास विद्यालय तहको अध्यनन गर्दैगर्दा दिदीहरुसंग भारतमा समेत बसे । प्रचण्डको छोरा भएकै कारण जनयुद्ध सुरु भएपछि सरकारी स्तरबाट असुरक्षा भएकाले उनी अध्ययनलाई अधुरै छाडी माओवादी सशस्त्र युद्धमा होमिएन बाध्य भए ।

प्रचण्डको छोरा भएकै कारण मात्र उनको राजनीतिक उचाई बढेको भने होइन, दशवर्षे माओवादी सशस्त्र युद्धमा उनले बगाएको पसिनाको मूल्य अथाह छ । उनी तत्कालीन माओवादीको आधार इलाका रोल्पा र रुकुमका गाउ“बस्तीमा धेरै समय बसेर युद्धमोर्चामा लामवद्ध भए । २ सय ४० वर्षे सामन्ती सत्ता ढालेर जनताको व्यवस्था ल्याउन निरन्तर बम र बारुदसँग सयौं रात कटाए । यसरी सामान्ती राज्य सत्ता भत्काउने साहास र सौर्य प्रदर्शन गर्दै युद्ध मोर्चामा लड्नु सामान्य थिएन । समग्र नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरण लागि बाबुको नेतृत्वमा थालिएको विद्रोहको ताप, राप र बमबारीको तुवालोमा उनले आफूलाई समर्पित गरे ।

आकस्मिक हृदयघातसंग हारेका प्रकाशलाई सामाजिकरुपमा धेरैले आलोचना गरेपनि मृत्यका बेला उनी बिस्तरामा एक्लै थिए । राजधानीस्थित लाजिम्पाटको प्रचण्ड निवासमा एक्लै सुतेका प्रकाशलाई हृदयघात हुंदा पानी पिलाउने पनि कोही थिएनन् । बिहान उठाउन पुग्दा उनी बिदावारी भै सकेका थिए । नर्भिक अस्पतालका मुटु रोग बिशषज्ञ जेपी जयसवालले अस्पताल ल्याउनुभन्दा ३ घण्टाअघि नै प्रकाशलाई हृदयघात भएको अनुमान लगाएका थिए।

आलोचना योग्य केही असमाजिक कार्यका कारण यदाकदा आलोचित हुने प्रकाशले पार्टीप्रतिको निष्ठा र पिताप्रतिको समर्पणमा कहिल्यै कुनै कमजोरी गरेनन् । सामान्यतया अरु शिर्ष नेताका सन्तानले उच्चशिक्षा लिएर उच्चपदमा प्रतिस्पर्धा गरिरहंदा उनी बाबुको सुरक्षाअंग बन्नमै रमाए ।

उनी तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पार्टी हेडक्वार्टरका सचिवालय सदस्यको जिम्मेवारीमा थिए ।

राजनीतिक रुपले दिक्षित सकुशल योद्धा प्रकाश सामाजिक अभियन्ता समेत हुन् । विनाशाकारी भूकम्पले भत्किएका गाउबस्ती होउन् या बाढीपहिरोले उजाड बनाइएका बस्तीमा उनी सधैं पुग्थे । भूकम्पले क्षतविक्षत बनाएका मनमा मल्हमपट्टी गर्न र उनीहरुको जीवनरक्षाका लागि सधै खट्ने प्रकाश सामाजिक क्षेत्रमा पनि निकै प्रिय थिए । अझै युवा वर्गमा घुलमिल हुन सक्ने खुबी उनमा थियो । उनी पछिल्ला समयमा कृषि क्षेत्रमा रमाउँदै आएका थिए । उनले देशका निम्ति गरेका बलिदान, त्याग र सर्मपणको राज्यले सही मूल्याकन गर्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com