ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खशोग्गीलाई मार्न साउदी युवराजको निर्देशन : सीआईए


एबीसी न्यूज
मंसिर २, २०७५ आईतबार   ७ : २०   बजे

वासिङ्टन, २  मङ्सिर । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका छन् ।
साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहो¥याउँदै आएको छ ।
अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको अनुसन्धानका क्रममा उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पु¥याएको थियो ।
खशोग्जीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सीआईएको मूल्यांकन आंशिक रुपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ । खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूतसमेत हुनुहुन्छ । आफ्ना दाइको निर्देशनमा खालेदले खशोग्जीलाई फोन गरी महाबाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ ।

यसैबीच साउदी अरेबियामा रहेका खालेदले आफू करिब १ वर्षयता खशोग्जीसँग सम्पर्कमा नरहेको भनी पछिल्लो ट्वीटर सन्देश जारी गर्नुभएको छ । ह्वाइट हाउस र अमेरिकी विदेशमन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् तर स्रोतहरूका अनुसार केन्द्रिय गुप्तचर निकायको निष्कर्षहरूबारे भने दुवैलाई सुचित गरिसकिएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले गत हप्ता खसोग्गीको हत्यामा सम्लग्न रहेको आरोपमा १७ जना साउदी अरबका अधिकारीहरूलाई सजाय दिइसकेको छ । उक्त प्रकरणपछि अमेरिकी सांसदहरूले साउदी अरबलाई वासिङ्टनले बेच्दै आएको हतियारमा कटौति गर्न सुझाब दिएका छन् । उनीहरूले साउदी अरबलाई दोषी ठहर गर्दै उ विरुद्ध अहिलेकोभन्दा कडा उपाय अबलम्बन गर्न सुझाब दिएका छन् ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शनिबार खशोग्जीका हत्यारालाई उम्कन नदिने प्रतिवद्धता जनाउनुभएको छ । पपुवा न्यू गिनीमा भएको एउटा सम्मेलनपछि बोल्दै उहाँले खशोग्जीको हत्याका जिम्मेवार सबैलाई जवाफदेही बनाउन अमेरिका प्रतिबद्ध रहेको बताउनुभयो ।

साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उहाँको शव अझै फेला परेको छैन । टर्कीले उक्त हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ । वासिङ्टन पोष्ट पत्रिकामा मासिक रुपमा स्तम्भ लेख्ने पत्रकार खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी महाबाणिज्य दूतावासमा प्रवेश गरेयता बेपत्ताहुनुभएको थियो ।
उहाँको अन्तिम संस्कार साउदी अरेबिया र टर्कीमा शुक्रवार गरिएको थियो । टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको थियो ।

सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै ५०० जना सहभागी थिए । विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जीदमा भेला भएका थिए । उनीहरुले पत्रकार खशोग्गीलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने–सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group