ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर लामिछाने


एबीसी न्यूज
मंसिर १, २०७५ शनिबार  ५ : ३९ बजे

काठमाडौँ, १ पुस। “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।”

उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो र नेपाली प्रसंशक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् । “म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु । मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्न सक्छ । मलाई माया दिएकै कारण पनि गाली गरेको हुनसक्छ । प्रसंशकको गालीमा पनि माया हुन्छ । मैले नेपालले गौरव गर्नसक्ने गरी खेल्नुपर्छ ।”

क्रिकेटर लामिछाने ‘सुट द्याट फिट्स’ ले आफूलाई ब्रान्ड एम्ब्यासेडोर बनाउँदा आयोजना गरेको पत्रकार सम्मेलनमा आज यहाँ बोलिरहेका थिए । इन्डियन प्रेमियर लिग (आइपिएल) २०१८ को टीट्वान्टी खेलका लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका पहिलो नेपाली खेलाडी लामिछाने आइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । उनले आफू त्यसपछि नेपाल फर्कने र एभरेस्ट प्रेमियर लिगको दुई खेल खेल्नसक्ने बताए ।

“त्यसपछि म बिग बास लिग (बिबिएल) खेल्न अस्टे«लिया जाँदै छु । डिसेम्बरको ५ मा बङ्गलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु । त्यसपछि म फेरि अस्ट्रेलिया जान्छु । अनि दुबई जान्छु । त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आइपिएल खेल्छु ।’’ स्याङ्जाको आरुचौरमा सन् २००० को अगस्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए । पत्रकार भेटमा उनी ‘सुट द्याट फिट्स’ को सुटमा सजिएका थिए ।

कार्यक्रममा गारमेन्ट एशोशिएसन नेपालका अध्यक्ष चण्डी अर्यालले २२÷२३ वर्षसम्म मुलुकले लगानी गरिसकेपछि विदेशका कारखानामा काम गर्नुपर्ने नेपाली युवाको बाध्यताबीच ‘सुट द्याट फिट्स’ ले विदेशीका लागि नेपालमा सुट तयार गरी निर्यात गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई करोड ८० लाख जनसङ्ख्यामा १८ देखि ४० वर्षका करिब ४८ लाख नेपाली विदेशमा रोजगारीका लागि गएकाले ५४ लाख प्रौढले नेपालको विकास गर्न युवा कमी हुने उल्लेख गर्नुभयो ।

‘‘रगत, क्षयरोग, अर्बुद सबै परीक्षण गरेपछि विदेशीले नेपाली युवालाई लैजान्छन् र नेपालमा कमजोर पुस्ता बाँकी रहन्छ । यस्तो अवस्था किन बनायांै त भनी भोलिका पुस्ताले आजका पदाधिकारी अभिभावक पुस्तालाई पक्कै पनि सोध्नेछन्’’, अध्यक्ष अर्यालले गुनासो गर्नुभयो ।

‘सुट्स द्याट फिट्स’ का कार्यकारी प्रमुख ओमभक्त योगीले सन् २००८ मा बेलायतमा निर्यात गर्न स्थापित यस संस्थाले पछिल्ला वर्षमा आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका तथा युरोपका अन्य मुलुकमा सुट निर्यात गरिरहेको बताउनुभयो । उहाँले चर्चित फुटबल खेलाडी डेविड बेकम, कलाकार तथा सामाजिक कार्यकर्ता जोअन लुमली, कलाकार जेम्स डिन, विश्वका अग्ला व्यक्ति सुल्तान कोसेन तथा सङ्गीत समूह वन डाइरेक्सनका लागि आफ्नो संस्थाले सुट तयार गरेको बताउनुभयो । उहाँले यस अवधिमा आफूहरूले १५ हजारभन्दा बढी सुट निर्यात गरेको पनि जानकारी दिनुभयो ।

‘अ सुट्स द्याट फिट्स’ नामक बेलायती संस्थाको साझेदारीमा यो आफ्नो संस्था नेपालमा स्थापना भएको र नेपाललाई पनि सुटको केन्द्र बनाउने यस संस्थाको उद्देश्य रहेको योगीले जानकारी दिनुभयो । उहाँले टेलिभिजनमा छिट्टै देखा पर्ने ‘को बन्छ करोडपति’ का लागि कलाकार राजेश हमालका लागि पनि पनि आफूहरूले सुटको डिजाइन गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com