ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

अझै ५५ स्थानीय तहले बजेट ल्याउन नसकेको खुलासा


admin

काठमाडौं,३० कात्तिक । पच्पन्न वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा भएको छ ।  असार १० गते भित्र बजेट ल्याईसक्नु पर्ने कानुनी व्यवस्था भएपनि आवश्यक समन्वयको अभावमा अझै ५५ वटा स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डा. बैकुण्ठ अर्यालले कानुनी प्रावधान विपरित ५५ वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको जानकारी गराउनु भएको हो ।

उहाँले बजेट नै नल्याउने स्थानीय तहसँग कसरी सार्वजनिक खर्च प्रणालीको विषयमा छलफल गर्ने भन्ने प्रश्न उब्जिएको पनि उल्लेख गर्नु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘संघीय संरचनामा सार्वजनिक खर्च प्रणाली अवसर र चुनौति’ विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कतिपय स्थानीय तहले बजेट समेत नल्याएकाले उनीहरुको सार्वजनिक खर्चका सम्बन्धमा छलफल गर्ने अवस्था नै नरहेको पनि स्पष्ट पार्नु भयो ।

वित्त व्यवस्थापन ऐन अनुसार असार १० गते भित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने व्यवस्था छ । तर ७ सय ६१ वटा स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहले अझै बजेट ल्याउने तयारी समेत नगरेको पाइएको पनि आयोगले जनाएको छ ।

आयोगले संवैधानिक व्यवस्था अनुसार काम गर्न पनि स्थानीय तहलाई सचेत गराएको छ । सचिव अर्यालले संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न सबै स्थानीय तहलाई सचेत गराउनु भएको हो । उहाँले स्थानीय तहले जथाभावी कर असुली गरेको भन्ने भनाईमा सत्यता नरहेकोे दावी समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै स्थानीय तह पुनर्संरचना आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलले संघीय, प्रदेश र स्थानीय सरकारले सार्वजनिक खर्चसम्बन्धि व्यवस्था गर्दा कामको बाँडफाँड गरेर अघि बढाउन उचित हुने धारणा राख्नु भयो ।

पूर्व अध्यक्ष पौडेलले कानुन निर्माणको काममा संघीय सरकारले निर्णय लिने र स्थानीय तहले कार्यान्वयनमा लैजाने गरी कामको बाँडफाँड गर्न उपयुक्त हुने सुझाव पनि

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कित्ता क्लियर गर्दै नेकपा नेता : दुवै पक्षले बोलाए संसदीय दलको बैठक

काठमाडौं, २१ फागुन । नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ । संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

काठमाडौं, १८ फागुन । अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ ।नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति

प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै विप्लव (फोटोफिचर)

नवलपरासी, २१ फागुन । आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा हुनुभएको छ । चन्दलाई

सम्बन्धित

तोलामा ९०० ले घट्यो सुनको मूल्य

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

इन्फ्रास्ट्रक्चर बैंकको सेयर किन्न चाहने छैनन, बेच्न चाहने ९ लाख पुगे

सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पर्सामा दुई महिनाको अवधिमा २ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com