ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

परिवर्तनका लागि नेतृत्व गर्ने नेतालाई पहिलोपटक भेट्न पाउँदा खुशी लाग्यो – खड्का


abc

बेनी, २९ कात्तिक । पारिवारिक भ्रमणको सिलसिलामा  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गाउँ पुगेर शहीद परिवारलाई भेटेका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले म्याग्दीमा रहेका मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुगेका हुन । तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा भेट्ने अवसर जुरेको हो । पत्नी सीता दाहालको नशासम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरी उपचार गर्न म्याग्दी पुगेका अध्यक्ष प्रचण्ड र कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणमा आएका गृहमन्त्री थापाले शहिद परिवार भेटेर कुराकानी गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य लिएका गुमाका पती नन्दबहादुर खड्कालाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँ र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते शिखमा गिरफ्तार गरी तत्कालीन राज्य पक्षबाट हत्या गरिएको थियो । “जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौँ, मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनका लागि नेतृत्व गर्ने नेतालाई पहिलोपटक भेट्न पाउँदा खुशी लाग्यो ।” खड्काले भनिन्, “अब जनताका लागि विकास दिन सक्नुपर्छ नेताहरुले ।” ।

“हामीमाँझ शहीद परिवारका सदस्य पनि हुनुहुन्छ, परिवर्तनको निम्ति उहाँहरुको योगदान अतुलनीय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडि बढ्छौँ”, नेकपा अध्यक्ष प्रचण्डले भने ।  लामो सङ्घर्ष र बलिदानीले मात्रै स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको ध्यक्ष प्रचण्ड बताए ।

अध्यक्ष ‘प्रचण्ड’ले पार्टी एकता चाँडै निष्कर्षमा पुग्ने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए ।“पार्टी सङ्गठनदेखि जनवर्गीय सङ्गठनको एकताबारे गृहकार्य सकिएको छ, अब केही दिनमै पार्टी एकताको प्रक्रियाले नतिजा ल्याउँछ, एकताबाट दायाँबायाँ गर्नसक्ने कुनै ठाउँ छैन”, उनले भने ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको मुस्ताङ र चीनको सिमानामा पर्ने कोरला नाकालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन पूर्वाधार निर्माणसँगै सरकार तथा पार्टीका तर्फबाट समेत कूटनीतिक पहल भइरहेको अध्यक्ष प्रचण्डले बताए ।

यसअघि अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले समाजवादको बाटोमा पार्टी अघि बढ्ने र सरकारका काम कारवाही त्यसै दिशामा उन्मुख हुने चर्चा गरे । यस्तै म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नेता दाहालले राज्य र व्यवसायीले एकलेअर्कालाई आफ्नो पूरक मान्ने वातावरण सिर्जना गरी उद्योग व्यवसायका क्षेत्रमा बनेका पुराना ऐन संशोधन गर्न आवश्यक रहेकामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–प्रचण्डको नेकपा खारेज –ऋषि कट्टेलले पाए आधिकारी नेकपा

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट

प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई दियो दलको नेता परिवर्तनको सूचना

काठमाडौं, २३ फागुन । नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ । प्रचण्ड–माधव समूहका सांसदहरुले

कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्यो

काठमाडौं, २३ फागुन । कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुगेको छ ।कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८

सम्बन्धित

ओली–प्रचण्डको नेकपा खारेज –ऋषि कट्टेलले पाए आधिकारी नेकपा

प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई दियो दलको नेता परिवर्तनको सूचना

सभामुखसँग प्रचण्ड र माधव नेपालको भेटवार्ता

खाेप लगाएपछि प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘ढुक्क हुनुहाेस्, खाेप सुरक्षित छ’

प्रधानमन्त्री ओलीले आज १० बजे कोरोनाविरुद्धको खोप लगाउने

प्रधानमन्त्रीले विश्वासको मत नलिने, अविश्वासको प्रस्ताव आए सामना गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com