ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयमा भएको आगलागीमा परी ११ को मृत्यु, २० घाइते


एबीसी न्यूज

कम्पाला, २७ कात्तिक । युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशङ्कामा केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्राबासमा आगलागी भएको हो । गत आइतबार राती आगलागी भएको समाचारमा जनाइएको छ ।

आगलागी गराउनेले बाहिरबाट ढोका बन्द गरिदिएर विद्यार्थीहरुलाई भित्र थुनेर बाहिर निस्कन नमिल्ने बनाएर आगलागी गराएको प्रहरीले जनाएको छ ।
बाहिरबाट ढोका बन्द गरिदिएकाले उद्धार गर्न पनि कठिनाई भएको प्रहरी अधिकारीहरुको भनाई छ । ढोका नलगाइएको भए मानवीय क्षती पनि कम हुने प्रधानाध्यापक सुबेगाले बताउनुभयो ।

कतिपय शवहरु अत्यधिक जलेर पहिचान गर्न गाह्रो भएकाले प्रहरीले डिएनए परिक्षण गर्न लगाइएको उहाँले जानकारी दिनुभयो ।
क्षेत्रीय प्रहरी प्रमुख बेन नुवामान्याले एएफपीसँगको कुराकानीमा ११ जना विद्यार्थीको जलेर मृत्यु भएको पुष्टी गर्नुभएको छ ।
आगलागीमा परेर जलेर घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरु अधिकांशको अवस्थार गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।  घटना भएको ठाउँ राखै जिल्ला देशको राजधानी काम्पाला देखि २८० किलोमिटर टाढा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com