म्याग्दी, २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड परिवारसहित म्याग्दीको तातोकुण्ड पुगेका छन् । नशा तथा हाडजोर्नी सम्बन्धि रोग निको हुने विश्वास मानिएको तातोपानी कुण्डमा प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को परिवार पनि पुगेका हुन् ।
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आउने अपेक्षासहित तातोपानी पुगेका प्रचण्डले गृहमन्त्रीसँगै कुण्डमा स्नान गरेका थिए । नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजेट अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका प्रचण्ड र थापा परिवारसहित दिउँसो २ बजे गाडीमार्फत् तातोपानी पुगेका थिए ।
विश्राम, पारिवारिक भ्रमण र स्नान गरेर उपचारका लागि प्रचण्ड म्याग्दी आएका स्वकीय सचिव तथा छोरी गंगा दाहालले बताइन् । गृहमन्त्री थापा भने प्रशासन कार्यालय बेनीले आयोजित जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालक केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्