ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापाेखरीमा अज्ञात समुहले विष हाल्दा १० लाखकाे माछा नष्ट


एबीसी न्यूज
कार्तिक २५, २०७५ आईतबार  ९ : १२ बजे

चितवन , २५ कार्तिक । पुर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेस्थित ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समुहले विष प्रयोग गरी लाखौंको क्षती पुर्‍याएको छ ।

किसान रत्न बहादुर बर्तौलाद्वारा फैलाइएको उक्त माछा पोखरीमा गएको बुधबार बिहान अन्दाजी ५ बजे अज्ञात समुहले विष हाल्दा झन्डै १० लाख मूल्य बराबरको क्षती हुन पुगेको हो । करिव ६ कठ्ठा क्षेत्रफल मध्ये ४ कठ्ठामा माछापोखरी सञ्चालन गर्दैआएका बर्तौलाले बिहान ५ बजे पोखरीमा पुगेर हेर्दा माछा एकाएक मर्न थालेको बताए ।

उनले भने, बिहानको ४ बजे पोखरीमा केही भएको थिएन तर, एक घण्टापछि पोखरीमा पुगेर हेर्दा विषको वट्टा फेला परेको थियो । अघिल्लो वर्ष पनि अज्ञात समुहले नै उनको माछापोखरीमा विष हालिदिएका थिए । त्यस समय अन्दाजी ५ लाख मूल्य बराबरको क्षति हुन पुगेको बर्तौला परिवार बताउँछन् । पीडितले जाहेरी दिदा समेत घट्नामा संलग्नलाई अझैसम्म नियन्त्रणमा लिन नसक्दा आज पुनः अर्को घट्ना घटेको छ – पीडित बर्तौला भन्छन् – यस्को क्षतिपूर्ति कस्ले दिने ?माछा वेच्ने तयारी अवस्थामा रहेका बर्तौलाले विष हालेर सखाप पारिदिने अपराधी लाई पत्ता लगाई हदैसम्मको कारवाही गर्न प्रहरी समक्ष अनुरोध गरेका छन् ।

पारिवारिक अवस्था कमजोर भएपछि ७ जनाको परिवारलाई माछापालनबाट नै गुजारा दिदै आएका बर्तौला परिवार अहिले संकटमा परेका छन् । उनले तीन वर्ष अघि मात्रै माछापाल्न सुरु गरेका थिए । राप्ती नगरपालिका १ मा करिव २५ विगाहा जमिनमा माछापालन गरिदै आएको छ । यस अगाडि पनि पुर्वी चितवनको कालिका नगरपालिकामा केरा किसानले सञ्चालनमा ल्याएको बोटमा अज्ञात समूहले क्षति पुर्‍याउदा करोडौं मूल्य बराबरको क्षति हुन पुगेको थियो । त्यस घट्नामा संलग्नलाई तोकिएको घरौटी तिर्न नसक्दा सबै पुपर्क्षका लागी थुनामा गएका छन् । किसानमाथि एकपछि अर्को गर्दैै हमला हुन थालेपछि किसानहरू चिन्तित बन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com