ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीमा र बाजुरामा बजार अनुगमन हुदै


admin
भाद्र २९, २०७४ बिहीबार   १ : २४   बजे

बैतडी, २९ भदौ । चाँडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन शुरु गरेको छ । दशैँतिहारको समयमा बढी किनबेच हुने र उपभोक्ता बढी ठगिने भएकाले प्रशासनले अनुगमन बुधबारदेखि शुरु गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यको नेतृत्वमा रहेको अनुगमन टोलीले बुधबार पहिलो दिन जिल्ला सदरमुकाम गढी र गोठलापानी बजारमा अनुगमन गरेको छ । खुद्रा पसल, होटेल, फ्रेस हाउस र मदिरा पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दत्तराम बडूले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार गढी र गोठलापानीमा रहेका २२ किराना पसल, चार मदिरा पसल, एक होटेल, तीन मिठाइ पसल र तीन कस्मेटिक पसल गरी ३५ पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश पसल दर्ता नगरेको भेट्टिएका छन् । केही पसल घरेलु कार्यालयमा दर्ता भए पनि नगरपालिका कार्यालयमा भने अधिकांशले दर्ता नगरेको पाइएको छ ।

साथै, उक्त अनुगमनका क्रममा मूल्यसूची नराखेको, साइनबोर्ड नभएको समेत फेला परेको थियो । उक्त अनुगमनका क्रममा भेटिएका रु आठ हजार ३५८ मूल्य बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।

उपभोग्य मिति समाप्त भएका मसला, नमकिन, बिस्कुट, तेल, जुस, चिउरालगायतका खाद्यपदार्थ जफत गरी प्रहरी, पत्रकार र सरोकारवाला सबैको रोहबरमा नष्ट गरिएको हो । अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची राख्न, साइनबोर्ड राख्न तथा पसल दर्ता गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । उपभोक्ता हित संरक्षणको विषयमा सबै व्यवसायी एवं व्यापारी, उपभोक्तालगायत सरोकारवाला सबैलाई सचेत रहनसमेत अनुरोध गरिएको छ । अघिल्ला वर्षभन्दा अहिले म्याद नाघेका सामान कम भेटिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

यसैगरी, दशैँ तिहारको समयमा कालोबजारी मनोमानी बढ्ने भन्दै बाजुराको स्थानीय प्रशासनले बजार अनुगमन कार्य तीव्र पारेको छ । बजार अनुगमन समितिले मंगलबार स्थानीय होटल पसलमा अनुगमन कार्य शुरु गरेको हो ।

दुईदिन गरेर मार्तडी र दुनी हाटबजारका ४५ भन्दा बढी पसलको अवस्थाबारे जानकारी लिइएको बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनुभएको छ । मंगलबार गरिएको अनुगमनका क्रममा रोशन एण्ड ज्ञानु मम सेकुवा सेन्टरका भीमबहादुर खड््काको पसलमा बिना अनुमतिको मदिरा भेटिएको र कारबाहीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पत्र पठाएको बताइएको छ ।

बुधबार गरिएको अनुगमनका क्रममा पाँचवटा पसलबाट ११७ प्याकेट बिस्कुट, १० प्याकेट खुर्सानी बरामद गरी जलाएर नष्ट गरिएको छ । अनुमगनमा समिति सदस्य उद्योग वाणिज्य संघ, प्रहरी, पत्रकार महासंघ, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । समितिले जिल्लाका अन्य बजारमा पनि अनुगमन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group