ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे समेत तयार गर्याे


एबीसी न्यूज

बेइजिङ, २४ कार्तिक  । एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको छ । चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो ।

चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआर्इ समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ । यो विश्वकै पहिलो भर्चुअल समाचार बाचक हुनेछ । रिपोर्ट अनुसार यो समाचार बाचकले पत्रकारलार्इ दैनिक दिइने पैसाको पनि बचत गर्नेछ । किनकि यसले लगातार २४ घण्टासम्म काम गर्न सक्छ ।

अझ अर्को रोचक कुरा त के छ भने यस भर्चुअल समाचार बाचकले ब्रेकिङ्ग समाचार पढ्ने क्षमता पनि राख्छ । आर्टिफिसियल इन्टेलिजेन्सलार्इ प्रयोग गरेर चीनले तस्बिर र मानिसको आवाज मिसाइ यसमा दुरूस्तै मानिसले अनुहारमा देखाउने भाव पनि राखिएको छ।

यस भर्चुअल समाचार बाचकको ओठको चालका लागि मेसिन लर्निङ्ग प्रोग्राम प्रयोग गरिएको छ। तर तपार्इँले केही ध्यान दिएर हेर्नु भयो भने ओठको चालक केही नक्कली लाग्न सक्छ । यो भर्चुअल समाचार बाचकले अंग्रेजी म्यान्डेरिन भाषामा समाचार पढ्न सक्छ । सिन्व्हा समाचार एजेन्सी इन्टरनेट र मोबाइल प्लेटफर्ममा रहेको छ । जसमा दुर्इ भाषामा यो एंकरले टीभी र वेब पेजका लागि काम गर्नेछ ।

समाचार एजेन्सीले एआर्इमा आधारित समाचार बाचाकलार्इ विशेष गरी ब्रेकिङ समाचारका लागि प्रयोग गरिने जनाएको छ । तपार्इँले यहाँ बुझ्नुपर्ने कुरा के हो भने यो कुनै रोबोट होइन यसलार्इ तपार्इँले भर्चुअल समाचार वाचक भन्न सक्नुहुन्छ ।

बीबीसीको एक रिपोर्ट अनुसार यूनिभर्सिटी अफ अक्सफोर्डका माइकल भुलरिजले यो समाचार बाचकले मान्छे जस्तै देखिन खोजे पनि वास्तवमा त्यस्तो नहुने बताए । उनले बीबीसीलार्इ बताए अनुसार यस्तो समाचार बाचक केही मिनेट भन्दा धेरै देख्न सकिन्न किनकि यो धेरै सपाट छ यसमा कुनै विविधता पनि छैन ।

सिन्व्हा समाचार एजेन्सीले भनेको छ, ‘यो ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स सिन्थेसिसमा क्रान्ति नै हो । ’वास्तविक समाचार बाचकको अनुहारको भाव, ओठको हाउभाउका लागि ‘मेसिन लर्निङ’ को प्रयोग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com