ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यरातदेखि संसद् भङ्ग , आम चुनावकाे तयारी


एबीसी न्यूज

काठमाडौँ, २४ कातिक । श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच विवादले राजनीतिक संकटको रुप लिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्गलाई बर्खास्त गरेसँगै श्रीलंकामा राजनीतिक सङ्कट पैदा भएको हो । स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग गरिएका छ । अब जनवरी ५ मा आम चुनाव हुने बताइएको छ ।

यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ । बर्खास्त गरिएका प्रधानमन्त्री विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका सिरिसेनाले पूर्वराष्ट्रपति तथा सहकर्मी महिन्द्रा राजापक्षलाई प्रधानमन्त्री बनाउन खोजेपछि श्रीलंकाको राजनीतिले नयाँ मोड लिएको हो । तर, सो कदम गैरकानूनी भन्दै विक्रमसिङ्गले पद छाड्न अस्वीकार गर्दै आएका थिए ।

देशको नाममा गरिएको आफ्नो सम्बोधनमा सिरिसेनाले प्रधानमन्त्रीको नियुक्ति संविधानअनुसार नै र कानुनविद्हरूको सल्लाहमै गरिएको बताएका थिए ।

विक्रमसिङ्गको युनाइटेड नेशनल पार्टी (युएनपी) का एक सांसदले संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम ‘गैरकानूनी’ भएको बीबीसीले बताएको छ । देशमा रक्तपात सिर्जना नहुने गरी यो समस्याको शान्तिपूर्ण समाधान खोज्न निर्वाचन आयोगलाई युएनपीले आग्रह गरेको छ । नयाँ सरकारका लागि संसद्मा पर्याप्त समर्थन नभएकोले सिरिसेना र राजापाक्ष दुवैले समय अगावै चुनाव चाहेका छन् ।

राजपाक्षले सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गरेका थिए । त्यसैले उनी श्रीलंकामा लोकप्रिय छन् । चुनावको बेला अहिलेका राष्ट्रपतिलाई युएनपीले उम्मेदवारी बनाएपछि राजपाक्ष कमजोर भएका थिए । सिरिसेना त्यतिबेला स्वास्थ्यमन्त्री थिए तर विपक्षी पार्टीको रााष्ट्रपतिको उम्मेदवार भएर चुनाव लडेका थिए । चुनाव जितेलगत्तै सिरिसेना आफ्नो पूरानो पार्टी र राजपाक्षसँग नजिकिएका थिए ।

प्रधानमन्त्री विक्रामाशिंघे भारत नजिक मानिन्छ भने सिरिसेना विरोधीको रुपमा रहेका छन् । भारतलाई हेर्ने सरकारको दृष्टिकोणबाटै विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com