ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यरातदेखि संसद् भङ्ग , आम चुनावकाे तयारी


एबीसी न्यूज
कार्तिक २४, २०७५ शनिबार   ८ : ४१   बजे

काठमाडौँ, २४ कातिक । श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच विवादले राजनीतिक संकटको रुप लिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्गलाई बर्खास्त गरेसँगै श्रीलंकामा राजनीतिक सङ्कट पैदा भएको हो । स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग गरिएका छ । अब जनवरी ५ मा आम चुनाव हुने बताइएको छ ।

यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ । बर्खास्त गरिएका प्रधानमन्त्री विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका सिरिसेनाले पूर्वराष्ट्रपति तथा सहकर्मी महिन्द्रा राजापक्षलाई प्रधानमन्त्री बनाउन खोजेपछि श्रीलंकाको राजनीतिले नयाँ मोड लिएको हो । तर, सो कदम गैरकानूनी भन्दै विक्रमसिङ्गले पद छाड्न अस्वीकार गर्दै आएका थिए ।

देशको नाममा गरिएको आफ्नो सम्बोधनमा सिरिसेनाले प्रधानमन्त्रीको नियुक्ति संविधानअनुसार नै र कानुनविद्हरूको सल्लाहमै गरिएको बताएका थिए ।

विक्रमसिङ्गको युनाइटेड नेशनल पार्टी (युएनपी) का एक सांसदले संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम ‘गैरकानूनी’ भएको बीबीसीले बताएको छ । देशमा रक्तपात सिर्जना नहुने गरी यो समस्याको शान्तिपूर्ण समाधान खोज्न निर्वाचन आयोगलाई युएनपीले आग्रह गरेको छ । नयाँ सरकारका लागि संसद्मा पर्याप्त समर्थन नभएकोले सिरिसेना र राजापाक्ष दुवैले समय अगावै चुनाव चाहेका छन् ।

राजपाक्षले सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गरेका थिए । त्यसैले उनी श्रीलंकामा लोकप्रिय छन् । चुनावको बेला अहिलेका राष्ट्रपतिलाई युएनपीले उम्मेदवारी बनाएपछि राजपाक्ष कमजोर भएका थिए । सिरिसेना त्यतिबेला स्वास्थ्यमन्त्री थिए तर विपक्षी पार्टीको रााष्ट्रपतिको उम्मेदवार भएर चुनाव लडेका थिए । चुनाव जितेलगत्तै सिरिसेना आफ्नो पूरानो पार्टी र राजपाक्षसँग नजिकिएका थिए ।

प्रधानमन्त्री विक्रामाशिंघे भारत नजिक मानिन्छ भने सिरिसेना विरोधीको रुपमा रहेका छन् । भारतलाई हेर्ने सरकारको दृष्टिकोणबाटै विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने–सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

राप्रपा सांसद खुश्वु ओलीको साइबर आक्रमणविरुद्ध को उजुरीमा एक पक्राउ

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group