ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोषी – प्रज्ञा–सिस्नुपानी देउसी


abc

काठमाडौँ, २३ कात्तिक ।  दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति दिए।

देउसी हेर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, विभागीय मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।

सिस्नुपानी देउसीका अवसरमा उपप्रधानमन्त्री पोखरेलले देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानक चलाएको भन्दै यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक आन्दोलनका अभिन्न अङ्ग बनोस् भनी शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहादेखि बिजुलीको पाइपलाइनबाट भात पकाउनेसम्मका खेर जान लागेको वाचा, निर्मला पन्तका हत्यारा र बलात्कारी उम्किएको प्रसंग तथा ३३ किलो सुन तस्करीको अनुसन्धान ओझेलमा परेको घटनाहरु उठाए।

दुईतिहाई सरकारका मुखिया ओलीलाई  अरुलाई भन्दा बढी माया गरी प्रस्तुत गरे कलाकारका वाक्यहरुले, उनका समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोष देखाएर। अर्थात् प्रधानमन्त्री ओलीलाई आगामी खतराप्रति सचेत गराइएकाे थियाे ।

भिडियाे

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

‘विकास राणाको गीत यात्रा’ सम्पन्न

अन्तरङ्गभित्रको अडियो सार्वजनिक

करिश्मा भन्छिन्, ‘स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ’

अमेरिकाको एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गणेश पाण्डेको डकुमेन्ट्री छनोट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...