ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे चार लाख नगद सहित २३ जुवाडे चितवन प्रहरीको फन्दामा, मुद्दा चलाउने तयारी


एबीसी न्यूज

चितवन , २३  कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको अवस्थामा जिल्लाकाे विभिन्न स्थानबाट साढे चार लाख सहित २३ जुवाडे लाई बिहवार बिहानै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको विशेष टोलीले कौडा खेलिरहेको अवस्थामा  बिहान करिब १ बजेको समयमा भरतपुर महानगरपालिका १६ शरणपुरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको हो ।
 उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र १ लाख ४९ हजार ६ सय ८५ रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । त्यस्तै, सोही समयमा इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका १५ फुलवारी स्थित कमल पोखरीबाट कौडा खेलिरहेका ४ जनालाई समेत पक्राउ गरेकोे छ ।
उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र ३ लाख ६ हजार २ सय ६५ रुपैयाँ नगद समेत बरामद गरेको एसपी राठौरले बताउनुभयो । पक्राउ परेका निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भइरहेको राठौरको थप भनाइ थियो ।
एसपी राठौरले चितवनमा जिम्मेवारी सम्हाले संगै जेठ ४ गतेदेखि जिल्लालाई शान्त, सुरक्षित र भयरहित समाजको परिकल्पा गर्ने उद्देश्यका साथ थ्रीएस अप्रेसनको सुरुवात गरिएको थियो । जुन उदेश्य अन्तर्गत जुवा पनि एक थियो । पछिल्लो समय जिल्लामा जुवा अखडामाथि चितवन प्रहरी आक्रमक हुन थालेपछि लुकिछिपी जुवा खेल हुने गरेको थियो ।
जहाँ प्रहरी चनाखो हुँदा र सुरक्षामा कडाइ गर्दा जुवाडेहरु भटाभट नियन्त्रणमा आउन थालेको छ । जुवातास खेल्नु र खेलाउनु कानून विपरीत कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न र नखेलाउन सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय चितवनले पटकपटक अनुरोध गर्दै  आएपनि जुवाडेको जुवा खेल्ने कुलत अझै संघर्षरत नै छ ।
साथै कहीँ कतै जुवातास खेलिरहेको थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत चितवन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com