ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजारमा पाउने मिठाईहरुमा अखाद्यवस्तुको मिसावट बढ्दो (भिडियाेसहित)


एबीसी न्यूज
कार्तिक २२, २०७५ बिहीबार  ११ : ४२ बजे

काठमाडौ, २२ कातिक । तिहारको रौनकस“गै बजारमा मिठाइको पनि ब्यापार बढेको छ । अन्य समयभन्दा तिहारको अवसरमा बजारमा मिठाइका विभिन्न परिकारहरुको माग बढी हुने गर्दछ । त्यसैले अहिले मिठाइ व्यापारीहरुलाई भ्याइनभ्याइ छ । तर के ती मिठाइहरु स्वास्थ्यवद्र्धक छन् त्यसमा सचेत हुन आवश्यक छ ।

तिहारको अवसरमा मिठाइको बिक्री बढ्ने भएकाले यति बेला काठमाडौं उपत्यकाका मिष्ठान भण्डारहरुलाई मिठाई उत्पादन गर्न भ्याइनभ्याइ छ । यस्तै, मिठाइ पसलमा उत्तिकै घुइ“चो छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइकाका दिन टीका लगाएर मिठो खुवाउने मान्यताअनुरुप मिठाईको प्रयोग हु“दै आएको छ । त्यसैले यो सिजनमा मिठाइको बिक्री बढ्ने गरेको छ । यही मौकामा व्यापारीहरुले अन्य बेलाको तुलनामा चार गुणाबढी मिठाइ उत्पादन गरिरहेका छन् ।

उपभोक्तालाई आकर्षित गर्न बजारम पाउने मिठाईहरुमा विभिन्न रंग प्रयोग गर्ने र कम लगानीमा बढी नाफा गर्न गुणस्तरहीन तथा अखाद्यवस्तुहरुको मिसावट गर्ने गरेका छन् ।
त्यसैले बजारमा पाइने मिठाई खानयोग्य छन् वा छैनन् भन्नेमा उपभोक्ता नै सचेत हुन पर्ने अवस्था छ । किनकि, सरकारी निकायको अनुगमन प्रभावकारी हुन सकेको छैन । अखाद्य वस्तुको मिश्रण र त्यसमा पनि एक महिनाभन्दा बढीका बासी मिठाईहरुको उपभोक्ताहरुको स्वास्थयमा समेत नराम्रो असर पर्ने गरेको विशेषज्ञहरुको भनाइ छ ।

चाडबाडको समयमा खानपानमा उचित ख्याल गर्न सकिएन भने स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखापर्ने गरेका छन् । दशैंमा मासु खाए जस्तै तिहारमा मिठाइका विभिन्न परिकारहरु खाने चलन रहेको छ । धेरै गुलियो मिठाइले स्वास्थ्यमा दीर्घकालीन असर गर्ने विज्ञको भनाइ छ ।

गुलियो मिठाइले मोटोपन, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सरको जोखिम बढाउन सक्छ । यसका साथै गुलियो धेरै खा“दा बान्ता हुने, झाडापखाला लाग्ने र पेट दुख्ने समस्या समेत हुन सक्छ । त्यसैले तिहारमा खाने खानामा विशेष ध्यान दिन विशेषज्ञको सुझाव छ । सकेसम्म घरमै बनाएको मिठाइ खानुपर्छ त्यसमा पनि शुद्ध तेल वा घ्यूको प्रगोग गर्नुपर्छ । कम मात्रामा खाने, हरियो सागसब्जी र फलफूल अनिवार्य रुपमा खान चिकित्सक सुझाव छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com