ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तानसेन वुटवल सडकको घुम्ति सुधार कार्यक्रम अलपत्र


एबीसी न्यूज

पाल्पा, २२   कातिक  । तानसेन वुटवल सडकखण्डको दुरी ३९ किलोमिटर छ । ३९ किलोमिटर यात्रा गर्न २ घण्टा देखी २ घण्टा ३० मिनेट लाग्दछ । २ घण्टा ३० मिनेटको लामो यात्रा लाई ४५ मिनेट भित्र झार्ने महत्वकाक्षी योजनाका साथ शुरु भएको तानसेन वुटवल सडकको घुम्ति सुधार कार्यक्रम अलपत्र भएको छ । सिद्धार्थ राजमार्ग तानसेन वुटवल सडक खण्डमा ५० भन्दा बढी यु (ग)आकारका घुम्तीका कारण सवारी साधन सहज रुपमा चलाउन सकिदैन ।

तत्कालीन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारले तानसेन वुटवल सडक खण्डका घुम्तिहरु सुधार गर्दै दुरी छोटो बनाउने र सहज रुपमा सवारी साधन आवत जावत गराउने गरी नमुनाको रुपमा ल्याएको घुम्ति सुधार कार्यक्रम निर्माण व्यबसायीका कारण अलपत्र भएको हो ।

नमुना घुम्ति सुधार समयमै सकिएको भए तानसेन वुटवल सडक खण्डका अन्य घुम्तिहरु पनि कटान हुने गरी कार्यक्रमको डिजाईन गरिएको थियो । निर्माण कम्पनीले काम शुरु गरेको ५ बर्ष वितिसक्दा समेत एक वटा घुम्ति कटान समेत पुर्ण रुपमा सकेको छैन । निर्माण कम्पनी कान्छाराम जयवावा जे.भि.ले घुम्ती कटानको काम अलपत्र बनाएको हो । २०७१ साल असारमा निर्माण कार्यको शुरुवात गरेको कान्छाराम जयवावा जे.भि.ले २०७२ माघ सम्म काम सक्ने गरी ५ करोड ४७ लाख रुपैया ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता सकिएको ३ बर्ष वितिसक्दा समेत निर्माण कम्पनीले कालीमाटी क्षेत्रमा १ वटा घुम्ति मात्र कटान गरी काम अलपत्र छाडेको छ । नियमित काम गर्ने हो भने २ महिना भित्र ८ वटा घुम्ति कटान कार्य सकिने अवस्था हुदा हुदै पनि ठेकेदार पुर्ण बहादुर तामाङले काममा आलटाल गर्दै आएका छन ।

तानसेन वुटवल सडक खण्डमा अत्यन्तै लामा कठिन घुम्तिहरु छन । घुम्तिहरुकै कारण बर्षेनी दुर्घटना बढ्दै गएका छन । खिलराज रेग्मी सरकारले तानसेन वुटवल सडकका घुम्ति सुधारको लागी बजेट विनियोजन गरि ठेक्का लगाएपनि निर्माण व्यबसायीको लापरवाहीका कारण जनताले दुःख पाएको तानसेनका ज्योती पाण्डेले बताए ।

३ बर्ष अगाडी नै विनियोजित बजेट बाट डुम्रे पुल देखी चर्चरे सम्मका दुर्घटनाग्रस्त ८ वटा घुम्ति कटान गरी सक्नु पर्ने हो तर हाल सम्म ठेकेदारले एक वटा घुम्ति मात्र कटान गरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

नमुनाको रुपमा घुम्ति कटान अवस्था हेरिकन तानसेन वुटवल सडक खण्डका अन्य घुम्तिहरु कटान गरी ३९ किलोमिटरको यात्रा लाई बढीमा ४५ मिनेटमा सिमित बनाउने उदेश्यले नमुना कार्यक्रमको रुपमा घुम्ति कटान कार्यक्रम अहिले अलपत्र भएको छ ।

घुम्ति कटान ह“ुदा सडक सिधा हुनेछ, सवारी साधन छिटो र सहज रुपमा गुड्ने छन र यात्रा छिटो हुने उदेश्यले घुम्ति सुधार कार्यक्रम आएको हो । समयमा काम नगर्ने ठेकेदार तथा निर्माण कम्पनीहरु लाई अख्तियार दुरुपयोग अन्सधान आयोग, प्रदेश सरकार तथा केन्द्रिय सरकारले छानविन गरी कारवाही गरेमा मात्र विकास निर्माणका काम छिटो छरितो र तोकिएको समयमा सम्पन्न हुनेछन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com