
काठमाडाैं, २० कातिक । निर्वाचनका बेला सिंहदरबारको अधिकार गांउघर सम्म आउने भनिएपनि निर्वाचन पछि सिंह आएको अधिकार आउन नसकेको भन्दै स्थानीय तहको आलोचना भै रहेका बेला रुपन्देहीका दुई नगरपालिकाले भने जनताले अनुभुत गर्ने गरि सिंहदरबारको ढांचा स्थानीय तहमा कोरेका छन् ।
निर्वाचित भए लगत्तै पारिश्रमिक नलिने, नगरलाई प्लास्टिक मुक्त बनाउने र ग्रीन तिलोत्तमा क्लीन तिलोत्तमाको नारा दिन सफल तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरेले तिहारको मुख्खैमा आएर तिलोत्तमामा आयातीत फुल प्रतिबन्ध लगाउने घोषणा गरेकाछन् । स्थानीयबासीले लगाएको फुलहरु नै चाडपर्व मान्न पुग्ने निश्कर्ष सहित तिलोत्तमा नगर भित्र आयातित फुल प्रयोग नगर्ने नगरपालिकाले घोषणा गरेको छ । नगरपालिका कै अनुदानमा तिलोत्तमाको मधौलीयामा करिव १ बिगाहा जमीनमा फुलको खेती समेत सूरु भएको छ । सामाजीक अभियन्ता देबी वाग्लेको नेतृत्वमा ८ जना महिलाहरु मिलेर लगाएको सयपत्री फुलले तिहारलाई मात्र होईन बेटवल र यस पेरिफेरीमा हुने कार्यक्रमहरुमा समेत ब्यवसायीक रुपमा माला बिक्रिी गर्न थालिएको छ ।
फुलको ब्यवसाय गर्ने मनसायलाई परिस्कृत गर्दै पुष्प खेती नै गर्न थालेको महिला समुहकी अगुवा देबी वाग्लेको भनाई छ । बाईट
पुष्प खेति सुरु गरेपनि त्यसलाई सफल बनाउन भने कम चुनौती पूर्ण छैन । प्राबिधीक ज्ञान र अनुभवको कमीका कारण पटक पटक समस्या आउने गरेको वाग्लेको अनुभव छ ।
सुरुमा दुधजन्य पदार्थमा आत्म निर्भर बनेको तिलोत्तमा अव पुष्प ब्यवसायमा पनि आत्मनिर्भरताको बाटोमा अगाडी बढाउन लागिएको नगरका नगर प्रमुख बासुदेव घिमीरे बताउंछन् ।
रुपन्देहीकै अर्को नगरपालिका देवदह नगरपालिकाले पनि एउटा छुट्टै निर्णय गरेर यत्रिबेला चर्चाको शिखरमा पुगेको छ । परम्परागत कला संस्कृति र सम्पदालाई संरक्षण गर्ने भन्दै यसवर्ष देखि तिहारको देउसि भैलोमा रेकर्डेट गित संगितमा देउसि भैलो खेल्न नपाउने निर्णय गर्दै देवदह चर्चामा आएको हो । पछिल्लो समय बिदेशी तथा स्वदेसी रक, आधुनिक र अस्लील हर्कत समेत समावेश भएका गित संगितमा ठुला ठुला आवाजका साथ साउण्ड बक्स बजाउंदै देउसी भैलो खेल्ने चलन बढेका बेला नगर पालिकाको यस्तो निर्णयले संस्कृति जोगाउने कार्यमा भुमिका खेल्ने स्थानीयबासीको भनाई छ ।
सर्बत्र स्थानीय तहको आलोचना भै रहेका बेला रुपन्देहीका २ नगरपालिकाले गरेको निर्णय भोलिका दिनमा कसरी कार्यान्वयन होला त्यो त हेर्न बांकी छ । तर तिब्र गतिमा फुल र संस्कृतिमा पराधिन बन्दै गएको नेपाली समाजलाई यो निर्णयले केहि सन्देश भने अवश्य दिने छ ।







प्रतिक्रिया दिनुहोस्