काठमाडाैं, १९ कातिक । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिएसंगै बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको छ । काठमाडौंको विशेषगरी असन, भोटाहिटी, न्युरोड, इन्द्रचोकलगायतका मुख्य बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढेको हो ।
नेपालीहरुको दोस्रो ठूलो चाड शुभदिपावली तथा तिहार नजिकिएसंगै काठमाडौं लगायत देशभर तिहारका सामाग्री किनमेल गर्ने ग्राहकको भिडभाड देखिन थालेको छ । प्राय सधैं भिडभाड भइरहने काठमाडौंको असन बजार तिहार नजिकिएसंगै झनै भिडभाड बढ्दै गएको छ । तिहारको लागि भाइमसला पाइने मुख्य स्थान मख्खन गल्लीमा पनि उस्तै भीड छ । खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरु उपभोक्ताको भिडभाडका कारण मेलास्थल जस्तै देखिन्छन् । बजारमा किनमेल गर्न आउने ग्राहकको यो भीडले तिहारको रौनकलाई दर्शाएको छ । तर यति भिडभाड हु“दा पनि विगतका वर्ष जति व्यापार नहुने गरेको व्यापारीहरु बताउ“छन् ।
तिहारको समयमा विशेष प्रयोग हुने सामनहरु झिलीमिली बत्ती, तामा पित्तलका भा“डा तथा दियो, मकमली र सयपत्रीको फूलमाला, प्लास्टीकमा मालाहरु, भाइमसला, सप्तर¨ी टिका लगायतका तिहार सामाग्रीहरु यतिवेला बजारमा राखिएको छ । भाइमसलाको लागि काठमाण्डौको मुख्य स्थान मख्खन गल्लीमा अन्य व्यापारीहरुले पनि तिहारको सामान विक्रिका लागि राखेका छन् । तिहार आउन लगभग १५ दिन अगाडीदेखी व्यापार सुरु हुने गरेको र भाइटिकाको अघिल्लो दिनसम्म व्यापार गरिने व्यापारी बताउछन ।
तिहारको लागि सामान किन्न आएका ग्राहकहरु यस वर्षमात्र नभइ जहिले असन बजार भीडभाड हुने र चार्डपर्वको वेलामा आवत जावत गर्न र समान किनमेल गर्न अझ कठिन हुने बताउछन् । तिहारको सामान भाउ बढेको गुनासो गर्दै ग्राहकहरु आवश्यक सामान नकिनी नहुने बताउ“छन् ।
तिहारको सुरुवातस“गै राजधानीको न्युरोड असनलगाएतका स्थानका पसलहरुमा तिहारमा प्रयोग हुने विभिन्न सरसामानको किनमेल गर्न सर्वसाधारणको भिड लागेको छ । सर्वसाधारणले बजारमा तिहारमा प्रयोग हुने विभिन्न किसिमको बत्ती, दियो, कपास, टिका लगायतका सरसामानहरु किन्ने गरेको पाइन्छ । हरेक समयका लागि सदावहार बजार मानिने काठमाडौको असन, न्युरोड र इन्द्रचोकलगाएतका स्थानको महत्व चाडपर्वमा अझ बढी चुलिने गर्दछ । भान्सादेखि पूजाकोठा र नुनदेखि सुनसम्मका सबै सामग्री भेटिने यी स्थानको भाउ चाडपर्वमा त्यसै पनि बढ्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्