ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीलाई देखाएर दातृ निकायले पठाएको विद्युतीय बसमा समेत सरकारी गिद्देदृष्टि


एबीसी न्यूज
कार्तिक १९, २०७५ सोमबार  ७ : १० बजे

बुटवल, १९ कातिक । बिश्वसमुदायमा सरकारी निकायले पटक पटक लुम्बिनीको नाम भजाउने गरेपनि लुम्बिनीकै नाम भजाउने सरकारी अधिकारीहरु लुम्बिनीको भाग खोस्न पछि पर्दैनन् । लुम्बिनीलाई देखाएर दातृ निकायले पठाएको साधनमा समेत सरकारी गिद्देदृष्टि परेपछि लुम्बिनीलाई माया गर्नेहरुको मन् कुंडिएको छ ।

लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरि नेपाल सरकारले प्रदूषणमुक्त बस सेवा संचालन गर्न चाहेको धेरै वर्ष भयो । सरकारी चाहना पुरा नभए पनि एशियाली विकास बंैक मातहतको एशियन क्लिन इनर्जीले लुम्बिनी विकास कोषसँगको सहकार्यमा पर्यटक लक्षित ५ वटा विद्युतीय बस र ११ वटा कार सहयोग गर्ने निर्णयअनुसार लुम्बिनीका लागि पठाएको २ वटा बसमा समेत काठमाण्डौलाई मात्र नेपाल देख्ने सरकारी अधिकारीहरुको नजर लागेको छ । लुम्बिनीका लागि आएको बस काठमाडौंमा संचालन गर्ने गरि उदघाटन समेत गरिएको छ । लुम्बिनीमा केही भए पनि प्रदुषण कम गर्ने र यहाँ आउने पर्यटकलाई स्तरीय वातानुकुलित सुविधा दिने उद्देश्यले एडिविले बस र दिने सहमती गरेको थियो ।

एक करोड ७४ लाख मुल्य पर्ने बस सहमतिअनुसार एडिविले लुम्बिनीका लागि त पठायो । तर बस एकाएक काठमाडौं पुर्याएर साझा यातायातमार्फत् संचालनमा ल्याएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय आक्रोसित भएका छन् ।

एडिविले ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता लुम्बिनी विकास कोषसँग गरेको थियो । लुम्बिनीका लागि ल्याइएको बिद्युतीय बस अघिल्लो साताको मंगलबार काठमाण्डौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनीसम्म संचालन हुने गरी प्रदूषणरहित सवारी सञ्चालन गर्ने भनिए पनि सरकारी लापरबाहीले बस एकाएक काठमाडौं पुर्याइएको छ । लुम्बिनी विकास कोषले भने गौतमबुद्ध विमानस्थल संचालन आए लगत्तै बस पुनः लुम्बिनी क्षेत्रमा संचालन गर्ने दावी गरेको छ ।

बस आउने भनिएपछि लुम्बिनीको संग्रहलाय नजिकैं उक्त बस चाजिंगका लागि करिब १२ करोडको लागतमा स्टेन समेत बनाउन लागिएको छ । लुम्बिनीमा चार्जिङ सेण्टर बनाएर बस भने काठमाडौंमा संचालन गरिएको छ ।  ३ बस र ११ कार आउन बाँकी छ । लुम्बिनीलाई स्वच्छ वातवरण बनाउने ध्ययले ल्याइएको बिजुली बसहरु काठमाण्डौंमा लगेर शुभारम्भ गरिनु गलत भएको यहाँका बासिन्दा बताउँछन् । लुम्बिनीमा अहिले पुरानो बस र जीप संचालनमा छन् । जसको कारण सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकहरु पुराना बसमा धकेलाधकेल गरेर यात्रा गर्न बाध्य छन् । काठमाण्डौलाई मात्र नेपाल थान्ने सरकारको सामान्त कालिन रबैया आखिर कहिले सम्म रहला ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com