ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोतीयाबिन्दुका ४३ बिरामीको निःशुल्क शल्यक्रिया


admin
कार्तिक १८, २०७५ आईतबार  १० : ५८ बजे

वालिङ, १८ कात्तिक । स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ४५० जना आँखाका बिरामीले आँखा परीक्षण गराएका आँखा उपचार केन्द्र वालिङका प्रमुख तेजबहादुर गुरुङले बताउनुभयो ।

गत बिहीबारबाट शुरु भएको निःशुल्क शल्यक्रिया शिविरमा सर्जन डा हरिमाया गुरुङको नेतृत्वमा रहेको सात आँखारोग विशेषज्ञले सेवा प्रदान गर्नुका साथै बिरामीहरुलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो ।

“आर्थिक अभावमा आँखासम्बन्धी समस्या भएर पनि उपचार गराउनबाट बञ्चित भएकालाई मध्यनजर गर्दै निःशुल्क शिविरको आयोजना गरिएको हो” आँखा उपचार केन्द्र वालिङका प्रमुख गुरुङले भन्नुभयो, “यो शिविरबाट आँखाका बिरामीले निःशुल्क रूपमा शल्यक्रिया गर्ने, औषधि, चश्मा तथा आँखाको सुरक्षाका लागि परामर्शसमेत पाएका छन् ।”

शिविरमा स्याङ्जाका वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र दक्षिण पर्वतका केही भेगका आँखाका बिरामी शिविरबाट लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com