ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सयपत्री फूलको व्यवसायिक खेतीबाट मनग्य अाम्दानी


एबीसी न्यूज

झापा, १८ कातिक । तिहार र छठ पर्वमा नेपाली बजारमा फूलको खपत अत्यधिक हुने गर्दछ । यस सयममा बजारको मागलाई पूर्ति गर्न विदेशबाट फूल आयात गर्नुपर्ने बाध्यता रहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै झापाको किसानले सयपत्री फूलको व्यवसायिक खेती गरेका छन् । तर, उत्पादन भएका फूलको भण्डारण र बजार व्यवस्थापन गर्न नसक्दा फूल नष्ट हुने चिन्ताले किसानलाई सताउन थालको छ ।

तिहार र यस लगत्तै आउने छठ पर्वमा देशभर सयपत्री फूलको माग ह्वात्तै बढ्ने गर्दछ । त्यस मागलाई नेपालमा उत्पादनमा भएका फूलले नधान्ने भएकाले भारतीय बजारबाट ठूलो मात्रामा सयपत्री आयात गरिंदै आइएको छ । विदेशबाट फूल आयात भइरहेको नजिकबाट नियालेका झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७ इलुबारीका खेमराज दाहाल र खगेन्द्रा खुसीले भद्रपुरमै व्यवसायिक सयपत्री खेती गरेका छन् । फूलको बजार राम्रो देखेका दाहाल दम्पत्तीले वार्षिक वार्षिक ५० हजार रुपैया“मा जग्गामा भाडामा लिएर सयपत्री फूल खेती गरेका हुन् ।

भारतको कलकत्ताबाट विरुवा ल्याएर रोपिएको ५० हजार बोट सयपत्री फूल ढकमक्क फुलेको छ । तर, बजार व्यवस्थापन गर्न नसक्दा फूल बोटमै ओइलिन थालेपछि घाटामा जाने हो कि भन्ने चिन्ता बढेको खेमराज दाहालले बताए ।
पछिल्लो समय फूल चाडबाडका बेला मात्र नभएर फूलको प्रयोग सभा समारोह, पूजाआजा, जन्म, मृत्यु लगायतका कार्यमा पनि प्रयोग गर्ने प्रचलन बढ्दै गइरहेको छ । जसले गर्दा अन्य सिजनमा पनि फूलको माग बढ्दै गएको छ । दाहाल दम्पत्तीले अहिलेसम्म ७० हजार रुपैया“ बराबरको सयपत्रीको माला बिक्री गरिसकेका छन् । फूलको थु“गाभन्दा मालाको बजारमा माग रहेको खगेन्द्र खुशी बताउ“छिन् ।

पहिलो पटक सयपत्री फूलको खेती गरेकाले प्राविधिक समस्या भएको उनीहरुको भनाइ छ । फूल एकै पटक फुल्ने तर ती सबै सोही समयमा बजारमा पठाउन असम्भव रहेकाले भण्डारण गर्ने ठाउ“को अभाव छ ।

तिहार र छठ पर्व नजिकि“दै गर्दा का“कडभिट्टा नाकाबाट फूल भित्रिने क्रम बढ्दो छ । अहिलेसम्म २० मेट्रिक टन फूल नेपाल भित्रिएको मेची भन्सार कार्यालय का“कडभिट्टाका कर्मचारी किरण अर्यालले जानकारी दिए । नेपालमै उत्पादन भएको फूलले बजार नपाइरहेका बेला यति धेरै मात्रामा विदेशबाट भित्रिनुले किसानले बजार पहिचान गर्न नसक्नु नै हो । त्यसैले सम्बन्धित निकायले किसानलाई बजार पहिचानका लागि सहयोग गरे किसानलाई प्रोत्साहन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com