ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ उपत्यकामा ११ लाख सवारीसाधन, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण


abc

काठमाडौँ, १७ कात्तिक । काठमाडौँ उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइछ ।

विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत राजधानीमा परेकाले व्यवस्थापकीय पक्ष कठिन बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त बताउनुहुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकभर ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् । तीमध्ये वाग्मती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४१३ सवारीसाधन दर्ता भएको छ । मुलुकभर दर्ता भएकामध्ये ३६ दशमलव ४० प्रतिशत सवारीसाधन वाग्मतीमा गुड्ने गर्छ ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक पन्तले वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी रहेको बताउनुभयो । बाग्मतीमा दर्ता भएका गाडीमध्ये ९० प्रतिशत उपत्यकामा गुड्दा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने गरेको उहाँ बताउनुहुन्छ ।

वाग्मतीमा दर्ता भएका सवारीसाधनमध्ये ९ लाख २१ हजारभन्दा बढी मोटरसाइकल मात्रै छ । बस र ट्रक ४८ हजार २४२, पावर टिलर र डोजरको संख्या १३ हजार ५५३ छ । यसैगरी कार र जीपको संख्या एक लाख ४२ हजार ३३१ छ भने टेम्पो र माईक्रोबस ६ हजार ३३० दर्ता भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला समयमा अत्याधिक रुपमा निजी सवारी भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडी काठमाडाँैमा आउने र बाहिर दर्ता भएका सवारीसाधन समेत काठमाडौँमै चल्ने हुँदा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने गरेको छ ।
सडक विभागको तथ्याङ्कमा उपत्यकाको सडक दुई हजार १४ किलोमिटर छ । एक लेनको ६६० किमी, दुई लेन २३९ किमी र चार लेनको सडक १९३ किमी छ । उपत्यकामा एक जना ट्राफिक प्रहरीले औषत ८१४ वटा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसैगरी एक जना ट्राफिक प्रहरीले एक दशमलव ५ किमी सडकको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अबस्था रहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताउनुहुन्छ ।

काठमाडौँ उपत्यकामा दैनिक करिव १० लाख सवारी गुड्छन् । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा एक हजार ४०० ट्राफिक प्रहरीले काम गर्दै आएका छन् । ट्राफिक व्यवस्थापनमा प्रविधियुक्त नगरेसम्म प्रभावकारी हुन नसक्ने निष्कर्ष प्रहरीको छ ।

उपत्यकामा विभिन्न पूर्वाधार निर्माण तथा खाल्डाखुल्डीका कारण सडकको अबस्था कमजोर छ भने सबै क्षेत्रमा आकासे पुल बन्न सकेको छैन । व्यक्ति सडकबाट हिंड्ने अबस्था हटाउन सकिएको छैन । ट्राफिक संकेतहरुको समेत अभाव छ । पुलमुनी सडक खोल्न सकिएको छैन । फुटपाथ, खाल्डाखुल्डी र पोल व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापन हम्मेहम्मे पर्छ ।

निजी सवारी दिनप्रतिदिन बढ्दै गएको र तीन पाङग्रे सवारीको प्रयोग, आधुनिक प्रविधिको कमी तथा नागढुंगा, कोटेश्वरमा प्रहरीले नै अभिलेख राख्नुपर्ने अबस्थाले जाम बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । पार्किङको अभाव, मोटर ग्यारेजलाई व्यवस्थापन गर्न नसक्नु, चक्रपथ बाहिर पार्किङको व्यवस्था गर्न नसक्नुले चुनौती कायमै छ । ट्राफिक ज्ञानको कमी र व्यक्ति कै धारणामा परिवर्तन हुन नसकेकाले ट्राफिक शिक्षालाई विद्यालय तहबाटै जोड्नुपर्ने माग प्रहरीको छ ।

“यहाँ ६० वटा गाडी ल्याउनु र ६० जना बोक्ने एउटा गाडी ल्याउनुमा निक्कै फरक पर्छ,” प्रहरी वरिष्ठ उपरीक्षक पन्तले भन्नुभयो, “यसतर्फ ध्यान जानुपर्छ ।” स्मार्ट लाईट, सिसी टिभीको व्यवस्था, डिजिटल अभिलेख प्रणाली, जिपिएसको प्रयोग र ट्राफिक चिल्ड्रेन पार्क बनाउन सके ट्राफिक व्यवस्थापन सहज हुने अनुमान प्रहरीको छ ।

नीजि तथा साना एवं पुराना र तीन पाङ्ग्रे सवारीलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिनुपर्ने प्रहरीले ठम्याई छ । उक्त विषयसमेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत ट्राफिक प्रहरीले प्रतिवेदन बुझाएको छ ।

नेपालमा विसं १९५८ सालमा राणा प्रधानमन्त्री वस्र शमशेरको पालामा पहिलोपटक कार भित्रिएको थियो । त्यसबेला रामदलबाट ट्राफिक नियन्त्रणको काम थालिएको थियो । विसं २०५९ मा बल्ल आएर उपत्यकाको १० स्थानबाट ट्राफिक बत्तीको व्यवस्था शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकको आर्थिक संकटको समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १८ चैत्र । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको

राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : रवी लामिछाने

काठमाडौँ, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको

सम्बन्धित

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

प्रचण्ड, देउवा र ओली त पात्र हुन्, सत्ता अरुले नै चलाउँछ– पूर्वसभामुख कृष्ण बहादुर महरा

उपचुनावअघि सरकारमा जादैनौँ : रवि लामिछाने

एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उठाउने

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीको आश्वासनः न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन हुन्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...