ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारका लागि आवश्यक फुल स्वदेशी उत्पादनबाटै पुग्ने


admin
कार्तिक १७, २०७५ शनिबार  १ : ४४ बजे

काठमाडौं,१७ कात्तिक । फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक फुल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ ।

तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फुलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्ष जस्तो यस वर्ष फुल आयात गर्नु नपर्ने दाबी गरेको हो ।

यद्यपि ग्रामिण तहमा उत्पादन भएका फुललाई बजारसम्म ल्याउने कठिनाईका कारण केही मात्रामा भने आयात गर्नुपर्ने हुनसक्ने एशोसियसनले जनाएको छ । पछिल्ला बर्षमा गोदावरी फूलको व्यवसायीक विकास र विस्तार हुदै गएकाले अब तिहारका लागि आवश्यक फुल स्वदेशी उत्पादनले नै धान्न सक्ने एशोसियसनका उपाध्यक्ष शिव बहादुर खड्काले बताउनुभयो ।

आर्थिक बर्ष २०७४-७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने २ करोड बढीको निर्यात भएको छ । समग्रमा पुष्प व्यवसायकको बार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको एशोसियसनले जनाएको छ । पछिल्लो समय ६ सय ९७ पुष्प व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् भने ४३ जिल्लामा व्यवसायीक पुष्प खेती बिस्तार भईसकेको छ ।

एसोसियसनले आर्थिक बर्ष २०७४-७५ मा १ अर्व ८६ करोड बढीको कारोबार भएको जनाएको छ । मुलुकभर गरी १ सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । पुष्प व्यवसायमा ४३ हजार ५ सय बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको एसोसियसनले जनाएको छ ।

यसैबीच ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्य साथ प्रतियोगितात्मक प्रदर्शनी भईरहेको छ । गत विहिबार देखि जारी प्रर्दशनीमा गोदावरी फूलका विभिन्न प्रजातीका साथै मखमली, सयपत्री, बगानवेली, धुपी लगायत झण्डै ५ सय प्रकारका फूल राखिएको छ ।

फूलका पारखीहरुले मेला अवलोकन गरि विभिन्न जातका फूलहरु किनिरहेका देखिन्छन् । अवलोकनकर्ताहरु फूलै फूलले सजिएको मेलामा फोटो खिच्न पनि व्यस्थ देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com