ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक उत्पादन वृद्धि गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन अवश्यक छ – अर्थमन्त्री डा. खतिवडा


एबीसी न्यूज

विराटनगर, १७ कात्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले दुई अङ्कको आर्थिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घको ६३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई साकार पार्न निजी क्षेत्रले औद्योगिक उत्पादन वृद्धि गर्नुका साथै वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले राजश्व उठाउने विषयमा मात्रै सरकार केन्द्रीत नरहेको बताउँदै पूर्वाधार विकास गरी स्वदेशी उद्योग फष्टाउने उद्देश्यले कार्य गरिरहेका जानकारी दिनुभयो । अर्थमन्त्रीले सङ्घीयता कार्यान्वयनको पहिलो बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै आगामी दिन नेपाली जनताले सकारात्मक प्रभावको अनुभूति महशूस गर्ने दाबी गर्नुभयो ।

उहाँले स्वदेशी कपडा उद्योग प्रवद्र्धनका लागि सरकारले कार्य गरिरहेको बताउँदै गार्मेन्ट, कपडा उद्योग र कपास खेतीलाई प्रोत्साहन दिने आश्वासन दिनुभयो । अर्थमन्त्री खतिवडाले विकास निर्माणको रुपमा आगामी वर्ष सरकारले नयाँ र ठूला योजनाहरु शुरु गर्ने गरी वित्तिय व्यवस्थापनको काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले कानून अभावमा विदेशी सामग्रीको परिमाणात्मक बन्देज लगाउन नसकिने भए पनि भन्सार दर बढाएर अकुंश लगाउन सकिने विचार व्यक्त गर्नुभयो ।
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले तीनै तहका सरकारको चाहना मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निजी क्षेत्रले औद्योगिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुपर्ने र उत्पादनमुखी अर्थतन्त्रबाट नै राष्ट्र बलियो बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com