काठमाडौं, १६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिपीले एकता र मेलमिलापको नीति बोकेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुवातको गरेको बताएका छन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले सहमति र सहकार्यको हिजो जति आवश्यकता थियो आज पनि उत्तिकै महत्व र आवश्यकता रहेको बताए।
अध्यक्ष प्रचण्डले सहमति, सहकार्य र एकता सधैँ रहिरहनुपर्नेमा जोड दिए । उनले भने, ‘बृहत् शान्ति सम्झौता गर्दा सहमति र सहकार्यकै भावनाअनुरूप गरिएको थियो । र यसबाटै मुलुक विकास र समृद्धि सम्भव छ ।’
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई जवाफ फर्काउँदै सहमति र सहकार्य गराउने मूल जिम्मेवारी सत्तापक्षकै रहेको बताउँदै चियापान कार्यक्रममा शुभकामना दिए। उनले भने, ‘सहमति र सहकार्य त सत्ता पक्षले चाहे मात्र हुने हो । हामीले प्रतिपक्षको जिम्मेवारी राम्रोसँग निभाएका छौं । र अझै पनि सहमति र सहकार्य गर्न हामी पछि हट्दैनौं ।’
प्रतिक्रिया दिनुहोस्