ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेसको रचनात्मक सहयोग आवश्यक : सभामुख श्रेष्ठ


admin

हेटौँडा, १६ कात्तिक । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका जनतालाई सुशासन एवं आर्थिक समृृद्धिको लागि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाली काङ्ग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभाको सक्रियतामा प्रदेश सरकारको आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक ऐन, कानून तर्जुमा गर्ने क्रममा प्रतिपक्ष नेपाली काङ्ग्रेसको रचनात्मक सहयोग र सुझाव आवश्यक छ भन्नुभयो । उहाँले बहुदलीय प्रजातन्त्रलाई सुढृढीकरण गर्न सबैको प्रयास हुनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले जनताप्रति उत्तरदायित्व बोध गर्दै राष्ट्रिय गौरवका आयोजनाको छनोट, बजेटको बाँडफाँट गर्दा दलगत स्वार्थभन्दा माथि उठेर कार्यान्वयन पक्षलाई सुढृढ बनाउन आग्रह गर्नुभयो ।

उहाँले वर्तमान संविधानको मर्मलाई तराईका दलले पनि आत्मसात् गरी अघि बढनुपर्ने अवस्था आएको र राष्ट्रलाई विखण्डन पार्ने क्रियाकलापप्रति सबै दल सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, मकवानपुरका प्रजिअ आश्मान तामाङ र प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङ र समाजसेवीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com