
काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको शिक्षण अस्पतालले दाबी गरेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न डाक्टरले बताएका हुन । तर प्रधानमन्त्री ओली अस्पतालबाट कहिले डिस्चार्ज हुन्छन भन्ने कुराको टुंगो भने अझै लागिसकेको छैन ।
उपचारमा संलग्न डा.अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई दिदै आएको औषधीको डोज आज साँझ सकिने र त्यसपछि मात्रै डिस्चार्जको टुंगो लाग्ने बताए ।
‘प्रधानमन्त्री ज्यू को स्वास्थ्यमा सुधार आइरहेको छ औषधीको डोज आज साँझ सकिन्छ त्यसपछि आजै साँझ डिस्चार्ज गर्ने कि भोली बिहान गर्ने भन्ने कुराको टुंगो लाग्नेछ,’ डा. सायमीले भने । गएको सोमबार प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्