दाङ,१५ कात्तिक । यातायात व्यवस्था कार्यालय राप्तीले बिचौलियालाई प्रवेशमा रोक लगाएको छ । सेवाग्राहीहरुले यातायातमा बिचौलियाहरुको विगविगी भएको गुनासो गर्न थालेपछि कार्यालयले बिचौलियाहरुलाई प्रवेशमा रोक लगाएको हो । गेट बाहिर पनि ‘बिचौलियालाई प्रबेश निषेध’ भनेर ब्यानर टाँगिएको छ ।
ब्यानर टाँगेपछि अहिले बिचौलियाहरु भित्र छिर्न समेत हिम्मत नगरेको कार्यालयका प्रमुख मित्रलाल ढकालले बताउनुभयो । ‘कार्यालयमा बिचौलियाहरुले गर्दा सेवाग्राहीले सहज रुपमा सेवा नपाएको गुनासो बढेको थियो। उहाँले भन्नुभयो ‘त्यसैले बिचौलियाहरुलाई प्रवेशमा रोक लगाएका हौं, अहिले भने बिचौलियाहरु प्रबेश गर्न समेत डराउछन ।’
जसले गर्दा सेवाग्राहीहरुले सहज रुपमा सेवा लिन पाएको प्रमुख ढकालले बताउनुभयो । बिगत एक महिना देखि बिचौलियालाई प्रबेश निषेध गरेपछि अहिले सेवा प्रवाहमा समेत छिटो, छरितो, चुस्ट, दुरुस्त भएको उहाँको भनाई छ । सेवाग्राहीले यातायातलाई हेर्ने दृष्टिकोणमा परिबर्तन गर्न समेत यस्ले निकै मद्दत पु¥याएको प्रमुख ढकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्