ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं अव्यवस्थित शहरीकरणको भद्दा नमुना, कसरी बन्छन स्मार्ट सिटी


एबीसी न्यूज


काठमाडौं,१५ कार्तिक । केन्द्रिकृत राज्यव्यवस्थाको उपज नै भन्नुपर्छ, नेपालमा विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, सडक जस्ता विकासका आधारभुत पक्षको खोजिमा गाउ“बाट शहर र शहरबाट राजधानी पस्ने क्रम निरन्तर रह्यो । फलतः अहिलेको शहरहरु र राजधानीमा अनियन्त्रित बस्ति बस्दै गए र तीनै बस्ति अहिले शहर बनेका छन्, अव्यवस्थित शहर ।

आम मानिसलाई लाग्न सक्छ, बस्ती विस्तार हुंदै जांदा शहर बन्छ । तर शहर र बाक्लो बस्ती उस्तै प्रकृतिको देखिए पनि यथार्थ त्यस्तो हैन । कुनै ठाउ“मा घरहरु बढ्दैज“ादा त्यो ठाउ बस्ती त बन्छ, तर सहर बन्नका लागि विभिन्न मापदण्डहरु पुरा हुनुपर्छ । खानेपानी, सडक सञ्जाल, ढल, बिजुली, पार्क जस्ता आधरभुत पूर्वाधार सहित भवनको संरचना र गुणस्तरीयता यौटा सभ्य शहरको आधारभुत मापदण्ड हुन् । तर, नेपालमा पछिल्लो समयको शहरीकरणलाई विश्लेषण गर्दा विना कुनै मापदण्ड विस्तारित बस्ति तथाकथित शहरमा रुपान्तरण भएको छ ।

त्यसो त चुनावताका राजनीतिक नाराका रुपमा स्मार्ट सिटी बन्ने आश्वासन नपाएका शहरहरु नेपालमा कमै छन् । तर, यथार्थमा स्मार्ट सिटी त परै जाओस, राजधानी शहर काठमाडौं समेत अव्यस्तित वस्तिले कुरुप बनेको छ । अर्थात अलि सरल भाषामा भनौं, ‘काठमाडौं अव्यवस्थित शहरीकरणको भद्दा नमुना हो’ । शहरको जनघनत्व बढि हुनेहु“दा खानेपानी, ढल, फोहोरमैला लगायत पुर्वाधारको व्यवस्थापन कठिन हुन्छ । यसको व्यवस्थापनका लागि एउटा व्यवस्थित प्रणालीको आवश्यकता पर्दछ । त्यसो त, राज्यपुर्नसंरचनाका क्रममा शहरोन्मुख बस्ती समेटेर नगरपालिकाको संख्या पनि बढाइएको छ । नगरपालिका घोषणा गर्दैमा कानुनी रुपमा सहर भएपनि मापदण्ड पुरा नहुन्जेल व्यवस्थित शहर नबन्ने बताउ“छन् पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापा ।

शहरमा धेरै उत्पादनमुलक गतिविधि हुने र व्यवस्थित जीवन शैली हुनुपर्छ । गाउ“मा कृषिजन्य उत्पादन र शहरमा औद्योगिक उत्पादन मुख्य विशेषता हुने विज्ञ थापाको बुझाई छ ।

अव्यवस्थित शहरीकरण तात्कालीन रुपमा सामान्य प्रक्रिया झै देखिए पनि दीर्घकालीन रुपमा विकराल समस्याको पोको हो । नेपालका शहरहरु अव्यवस्थित रहेकाले यसलाई व्यवस्थित बनाउनमा गम्भीर हुनुपर्ने थापाको ठहर छ ।

केन्द्रमा रहन खोज्ने प्रबृतिले देशका मुख्य शहर र राजधानीमा चाप बढाएको छ । देश संघीयतामा गएसंगै केन्द्रको अधिकार समेत बा“डफ“ाड भएको छ । यस्तोमा सहरी क्षेत्रको जनघनत्वलाई व्यवस्थापन गर्ने र अव्यवस्थित सहरी क्षेत्रलाई व्यवस्थापन गर्ने राम्रो मौका हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com