ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सयपत्रीले ढकमक्क धनकुटा,एउटै वडामा ७५ लाखको उत्पादन


admin


धनकुटा,१४, कात्तिक । गाउँगाउँमा गरिएको व्यावसायिक फूलखेतीका कारण यतिखेर धनकुटा ढकमक्क बनेको छ। जिल्लामा फूलखेती गरिएका गाउँघर र टोलटोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल फूलेर ढकमक्क बनेको हो । तिहारमा पूर्वका अधिकांश ठूला सहरको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै

आएका धनकुटाका कृषकले यसपटक पनि लाखौं मूल्यको फूल बिक्रीका लागि तयारी अवस्थामा छन ।विशेष गरि धनकुटा नगरपालिका वडा नं. ३ यति बेला सयपत्री फूलले ढाकेर ढकमक्क बनेको छ। वडा न ३ को लाँकुरे, चिउरेबोटे, सिप्तिङ, स्याउले, निगाले र कागतेमा सयपत्री फूलले ढकमक्क भएका छन। सो आसपासका ३० कृषकले व्यावसायिक सयपत्री फूलको खेती गर्दै बिक्रीबाट मनग्गे आम्दानी हात पार्दै आएका छन ।

यस वडामा अहिले प्राय सबै घरका करेसाबारी र बारीहरुमा तिहारका लागि फुल फलेको देख्न पाईन्छ। फूलको पकेट क्षेत्रको रुपमा रहेको यस वडाको फूल खेतीलाई थप प्रवद्र्धन गर्न वडा कार्यालयको ७५ प्रतिशत अनुदानमा यो पटक फूलको बिउ बितरण गरेको थियो। वडाका एक सय ५० कृषकलाई २ लाख ५० हजार बरावरको उन्नत जातको बिउ वितरण गरेपछि यो वडामा अझ फूल खेतिमा आकर्षण बढेको हो ।

मखमली र सयपत्रीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएका स्थानिय दुर्गा थापाको भनाइ छ। धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरेका उनको भनाइ छ।

जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ। फूल बिग्रिएन भने एक याममा प्रति रोपनी जग्गाबाट रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ। तर पछिल्लो समयमा किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको कृषकको भनाइ छ ।

विगतमा विभिन्न प्रकारका अन्नबालीमा संलग्न धनकुटा नगरपालिका ३ का अधिकांश कृषक पछिल्लो केही वर्षदेखि वैकल्पिक खेतीका रूपमा सयपत्री उत्पादन गर्दै आएको कृषकहरु बताउँछन। विगतमा यो मौसममा रोपिने कोदो खेती छोडेर स्थानीय सयपत्रीमा आकर्षित भएका हुन। पाखो बारीमा रोपिने सयपत्रीलाई अन्य बाली जस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ किसान आकर्षित भएका हुन।

पाँच वर्षदेखि सयपत्री खेती गर्दै आएका मञ्जरी घिमिरेले सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको बताइन। कृषकको बारीमा नै व्यापारीले अग्रिम बुकिङ गर्दै रकम उपलब्ध गराउने गरेको उनको भनाइ छ।

धनकुटा, धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहा लगायतका बजारमा यहाँ उत्पादित सयपत्री पुग्ने गरेको छ। यस खेतीबाट स्थानीय कृषकले हरेक वर्ष न्यूनतम ५० हजारदेखि २ लाखसम्म आम्दानी गरिरहेका छन। तर तिहारमा अत्यधिक माग रहने सयपत्री फूलको व्यावशायिक उत्पादन गर्दै आएका कृषक यतिबेला बोटैमा सुक्न लागेको फूल जोगाउने चिन्तामा छन। तिहार पर्व ढिलो भएकाले बोटैमा फूल सुक्ला भन्ने पिरलो भएको किसानहरु बताउँछन ।

सयपत्री खेतीमा किसानको आकर्षण देखेर वडा कार्यालयले कृषकलाई ७५ प्रतिशत अनुदानमा सयपत्रीको बिउ उपलब्ध गराएको वडाध्यक्ष विकास घिमिरेले बताए। करिव २ सय रोपनीमा लगाइएको सयपत्री फूलबाट यो तिहारमा वडाका कृषकले ७५ लाख भन्दा बढीको फूल विक्रि गर्ने वडा अध्यक्ष घिमिरेले जानकारी दिए। उनले स्थानीय जातको भन्दा बाह्य मुलुकबाट बीउ झिकाएर उन्नत जातको सयपत्रीको बिउ किसानलाई वितरण गरिएको बताए ।

दशैंको पन्ध्र दिनपछि आउने ठूलो पर्व फूलैफूलको पर्व तिहार आउन केही दिनमात्र बाकीँ रहेको छ। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म गरेर पाँच दिन मनाइन्छ। यसपालीको तिहार केही ढिलो भएकाले फूल सुकेर खेर जाने पो हो की भन्ने चिन्तामा किसानहरु रहेको छन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com