प्रधानमन्त्री अाेलीको स्वास्थ्यमा उल्लेख्य सुधार – चिकित्सक
abc
काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ । स्वास्थ्यमा समस्या अाएपछि साेमवार बिहान अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अाज उल्लेख्य सुधार आएको हो ।
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक अरुण सामायीले प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा आज निकै सुधार अाएकाे बताएका छन् ।प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले आज बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्