
काठमाडौँ, १३ कात्तिक । नेपालमा प्रदर्शनीका लागि ल्याइएकोे आइसीसी विश्वकप ट्रफीलाई सोमबार बसन्तपुरमा प्रदर्शन गरिएको छ । २०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिकेटको विजेता टिमलाई सो ट्रफी प्रदान गरिन्छ । नेपालले ओडिआई मान्यता प्राप्त गरेस“गै पहिलो पटक नेपालमा विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीको लागि ल्याइएको हो ।
विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपालमा प्रदर्शन गरिएको छ । ट्रफी बंगलादेशबाट दुबइ हुदै नेपाल ल्याइएको थियो । विश्वका २१ देशका ६० स्थानमा प्रदर्शन गरिने सो ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो । पहिलो पटक नेपाल ल्याइएको विश्वकपको ट्रफीलाई स्वयम्वु हु“दै पोखरा लगिएको थियो । पोखरामा प्रदर्शन पश्चात चन्द्रगिरीमा समेत प्रदर्शन गरिएको थियो । त्यस्तै, आइतबार ट्रफीलाई राष्ट्रपती विद्यादेवी भण्डारी सामु प्रस्त्ुत गरिएको थियो । सोमबार बसन्तपुरमा गरिएको ट्रफी प्रदर्शनीमा विश्वकपको ट्रफी हेर्न आउने क्रिकेट समर्थकहरुको भीड लागेको थियो ।
खेलकुद मनोरञ्जनको श्रोत मात्र नभइ देशहरु बीच र देश भित्र पनि समन्वय र सदभाव बढाउने माध्यम हो । त्यसमा पनि क्रिकेटको भुमिका विश्व राजनीतिकको सन्दर्भमा सम्वन्ध चिसिएका मुलुकहरु पनि क्रिकेटकै माध्यमबाट एउटै मैदानमा उत्रिएर समझदारीको मार्ग प्रशस्त गरेको देख्न सकिन्छ । नेपालको सन्दर्भमा त अझ क्रिकेटको क्रेज त्यसै पनि धेरै रहेको छ । यसरी विश्वकपको ट्रफी प्रदर्शनीका क्रममा देशको खेलकुदको अन्तराष्ट्रिय स्तरमा ब्रान्डिङ् गर्न समेत महत्वपुर्ण कदम हुने बताउ“छिन् आइसीसीको नेपाल प्रतिनिधि भावना घिमिरे ।
नेपाल क्रिकेट संघ क्यानको पूर्व सीईओ समेत रहेकी घिमिरे पहिलो पटक विश्वकप ट्रफी नेपाल घुमाउदै गर्दा सकारात्मक प्रतिक्रिया पाएको बताउछिन । ट्रफी प्रदर्शनी नेपालको पर्यटन विकासका लागि समेत सकारात्मक बन्ने घिमिरेको ठहर छ ।
विश्वकपको ट्रफी हेर्नकै लागि पनि जम्मा हुने ठूलो भीडले नेपालमा क्रिकेट प्रतिको क्रेजलाई प्रतिनिधित्व गर्छ । जवकी नेपालको क्रिकेटको विकासका लागि अभिभावक निकाय क्यान अहिले निलम्वनमा छ । अतः क्रिकेट विकाशका लागि सरोकारवाला पक्ष गम्भीर हुन आवश्यक छ ।







प्रतिक्रिया दिनुहोस्