ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा र सहकारीलाई रु ४४ लाखको जग्गादान


admin

आठराई (तेह्रथुम), २८ भदौ । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क दुई रोपनी जग्गा उपलब्ध भएको छ ।

अर्पेट एण्ड कम्पनी, दमकका सदस्य भैरव सिटौलाबाट वडा कार्यालयलाई करिब रु ३२ लाख मूल्य बराबरको जग्गादान भएको वडाध्यक्ष तेजप्रसाद कन्दङवाले जानकारी दिनुभयो । उपलब्ध भएको जग्गालाई नापजाँच गरी कार्यालयको भवन निर्माण प्रक्रिया शुरु गर्ने वडाध्यक्ष कन्दङवाले बताउनुभयो ।

यस्तै, आठराई गाउँपालिका–६, चुहानडाँडामा रहेको चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थालाई पनि कम्पनीका सदस्य सिटौलाले आठआना जग्गादान गर्नुभएको छ । सहकारीको कार्यालय भवन निर्माणका लागि करिब रु १२ लाख बराबरको जग्गादान गर्नुभएको सहकारी संस्थाका सचिव परशुराम तिवारीले जानकारी दिनुभयो ।

सहकारीलाई प्राप्त भएको जग्गामा भवन बनाउन स्रोत खोजिने संस्थाका सचिव तिवारीले बताउनुभयो । अर्पेट एण्ड कम्पनीले आठराईमा जग्गा खरिद बिक्रीको कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com