ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुलसीपुरमा सिसी क्यामेरा मर्मत नहुदाँ प्रयोग विहिन


admin

दाङ, , १२ कात्तिक । तुलसीपुर बजारमा सुरक्षा निगरानीका लागि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । सिसी क्यामेराहरु लामोसमय सम्म मर्मत नहुँदा प्रयोगविहीन अवस्थामा छन् ।

बजारको शान्ति सुरक्षालाई मध्य नजरगदै तुलसीपुर बजारमा ३ बर्ष पहिले सिसि क्यामरा जडान गरीएको थियो । तर क्यामरा विग्रीएको १ बर्ष भन्दा बढि भई सक्दा पनि मर्मत भएका छैन । बजारको सुरक्षाका लागी तुलसीपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी र यस क्षेत्रका बैंकहरुको समन्वयमा सो क्यामराहरु जडान गरीएको थियो ।

जसको कन्टोल रुम इलाका प्रहरी कार्यालयमा राखीएको थियो । बजारमा हुने विभिन्न चोरी, दुर्घटना र बजारको निगरानिका लागि जडान गरीएका क्यामराहरु विग्रीएको लामो समय विति सक्दा पनि मर्मत नहुदाँ बजारमा सुरक्षा चुनौति थपीएको बताएको छ । सिसि क्यामरा जडानसंगै यस क्षेत्रमा हुने दुर्घटना र चोरी डकैतीका घटनाहरुमा कमि आएको थियो ।

क्यामराहरुको व्यवस्थापन कस्ले गर्ने भन्ने एकीन नहुदा पछिल्लो समयमा विग्रीएको लामो समय हुदाँ समेत सरोकार निकायहरु मौन छन् । करिव ७ लाख लागतमा पिटि जेट सिसि क्यामराहरु बजारका मुख्य चोक विपी चोक, विरेन्द्र चोक र बसपार्कमा जडान गरीएको थियो ।

सो क्यामरा चारै तिर धुम्ने भएका कारण विभिन्न स्थानको निगरानि सजीलैसंग प्रहरीले गर्ने गरेको थियो । तर पछिल्लो समयमा क्यामरा विग्रीय संगै सुरक्षामा पनि चुनौति थपीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताउनुभयो । सिसि क्यामरा जडान भएसंगै अपराध र विभिन्न घटनाहरुको अनुसन्धानमा सजिलो हुने सापकोटाले बताउनु भयो ।

प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसि क्यामरा बाट पत्ता लगाउन सजिलो हुने सापकोटाको भनाई छ । ‘‘सिसि क्यामरा भयो भने हामीलाई अनुसन्धानमा सजिलो हुन्छ, जनशक्ति पनि कम लाग्ने थियो, हाल सुरक्षा चुनौति थपीएको छ’’ –सापकोटाले भन्नुभयो । उहाँले सिसि क्यामरा भयो भने अपराध गर्ने व्यक्तिहरुको पनि मनोवल घटने बताउनुभयो ।

त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमाण अध्यक्ष विमल रिजालले पहिले जडान गरीएका सिसि क्यामराहरुले काम गर्न छोडेको र बजारको सुरक्षाका लागि विभिन्न स्थानमा सिसि क्यामरा जडान हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द शारुले छिट्टै मर्मत गर्ने बताउनुभयो । उहाँले भर्खरैमा उपहानगरपालिकाले बजार व्यावस्थापन समिती गठन गरेको र त्यहि समितीले नै सबै काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...