ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढयो


admin
कार्तिक ११, २०७५ आईतबार  १२ : १७ बजे

काठमाडौं,११ कात्तिक । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ ।
आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुश गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब सात र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम नौ दशमलब सात र अधिकम तापक्रम २९ दशमलब शून्य डिग्री मापन गरिएको छ ।

त्यस्तै सिमराको न्यूनतम तापक्रम १४ दशमलब शून्य र अधिकतम तापक्रम ३३ दशमलब पाँच डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने ११ दशमलब पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलब चार डिग्री सेल्सियस मापन गएिको छ ।

धनकुटाको न्यूनतम तापक्रम २६ दशमलब एक र अधिकतम तापक्रम १२ दशमलब आठ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम २६ दशमलब पाँच र अधिकतम तापक्रम १२ दशमलब दुई डिग्री सेल्सियस छ । केही दिन यताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलब शून्य र अधिकतम तापक्रम २५ दशमलब पाँच डिग्री छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलब सात डिग्री र सबैभन्दा बढी विराटनगरमा १८ दशमलब शून्य डिग्री र अधिकतम तापक्रम ३२ दशमलब पाँच डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com