ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्ने चौलागाइसहित ६ गाइड पक्राउ


admin

पोखरा,११ कात्तिक । कास्कीको उपल्लो सेतीमा अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्ने ¥याफ्टिङको ठेकदार सुनिल चौलागाइ सहित ६ जना ¥याफ्टिङ गाइड पक्राउ परेका छन ।

विगत एक वर्ष देखी सेती नदीमा अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्दै आएका एड्भान्स कम्पनीको नाममा ¥याफ्टिङ गाइडलाई भाडा लिइ अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्दै आएका काठमाण्डौ कोटेश्वर घर भइ हाल पोखरा लेकसाइड बस्ने सुनिल चौलागाई सहित ¥याफ्टिङ गाइडहरु सानु गुरुङ, गणेश गुरुङ, सुवास सेडाइ, प्रकाश गुरुङ, किसाव गुरुङ र जीवन अधिकारीलाई कास्की प्रहरीले सेती नदीको याम्दी दोभानबाट ¥याफ्टिङमा प्रयोग हुने सामाग्री सहित पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय वगरबाट खटिएको सादा पोशाकका प्रहरी हवलदार कृष्ण ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३ थान कायक र ३ थान ¥याफ्टिङ बोट सहित ¥याफ्टिङको सामाग्री ढुवानीमा प्रयोग भएको मामा ट्रान्सपोर्ट प्रालिको ग १ ख ८१२६ नम्बरको बसलाई समेत नियन्त्रणमा लिएको छ ।

कास्कीको अपर सेतीमा नेपालकै उत्कृष्ट ¥याफ्टिङ गन्तब्य मानिने भएतापनि पछिल्लो एक वर्षदेखी विभिन्न ¥याफ्टिङ कम्पनीको नाममा अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गरेको पाइएपछि मंगलवार एडभान्सर ¥याफ्टिङ एण्ड ट्रेकिङ कम्पनीको नामबाट अवैध रुपमा सेतीमा ¥याफटिङ सञ्चालनको ठेक्का पट्टा गर्ने सुनिल चौलागाइ सहित ६ जना ¥याफ्टिङ गाइडलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले जानकारी दिए ।

पक्राउ परेकाहरु कुनैपनि कम्पनीबाट सञ्चालन नभएको भन्ने खुल्नमा आएकाले उनीहरुलाइ कानुन बमोजिम कारबाही गरिने समेत राना मगरले जानकारी दिए । उक्त समुहले वर्षा यामको समयमा पोखराको फुस्रे खोलामा समेत अवैध रुपमा ¥याफ्टिङ सञ्चालन गर्दै आएको खुल्नमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय

उपनिर्वाचनको तयारीका लागि कांग्रेसको बैठक बस्दै

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समसमायिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका

सम्बन्धित

बेमौसमी हिमपातले जनजीवन असहज

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

रामेछापमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...