ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चित्रकारको आँखामा खोकनाका दृष्य


admin
कार्तिक ११, २०७५ आईतबार  ११ : ०३ बजे

ललितपुर, ११ कात्तिक । ललितपुरको खोकना शुद्ध तोरीको तेल र ताइचिन चिउराले प्रख्यात छ । यहाँका सुन्दर गैरी खेत र हराभरा फाँटहरु त्यसैका लागि बनेका हुन् झै लाग्छ ।

विगतका वर्षभन्दा उत्पादनमा केही ह्रास आएपनि यहाँको विशेषता अझै हटिसकेको छैन । सुन्दर फाँट र उर्वरभूमि क्रमशः खुम्चिदै छ । यहाँ क्रङ्क्रिट भवनले ढाक्दैछ ।

यही कारण चित्रकारलाई यसपाली खोकनाले आकर्षित गरायो । “पाँच वर्षअघिको हराभरा अहिले धेरै हराइसके, अब २-४ वर्षमा खोकनाको प्राकृतिक सुन्दरता मेटिन्छ, दृष्यमा भने पनि कैद गर्नुप¥यो”, खोकनाको सुन्दरता चित्रमा उतार्दै कलाकार केशवराज खनालले भन्नुभयो ।

यहाँको सुन्दरताको मोहले २० जना चित्रकार शनिबार खोकना पुगे । ‘स्थलगत चित्रकला कार्यशाला’मा सहभागी उनीहरु चित्र उतार्ने मात्रै होइन आफैँ पनि प्रकृतिबाट सिक्दैनन् । कलाकारका गुरु प्रकृति हो । त्यही प्रकृति चित्रमा उतार्न उनीहरुले आठौँ शृङ्खला खोकनालाई छाने ।

अहिले खोकनाको फाँट सुनौलो संसारझै छ । पहेंलपुर धानले भरिएको फाँटको सुन्दरता शब्दमा उतार्न सकिँदैन । फाँटका बीचबीचमा किसान धान भित्र्याउने चटारो यत्रतत्र देखिन्थे । कतै बस्तु चराउनेको भीड थियो । आन्तरिक र बाह्य पर्यटक विभिन्न मठमन्दिरको दर्शन र दृष्यावलोकनमा मग्न थिए ।

नवजोडीहरु प्रेमरसमा डुबेका थिए । पल्लो पाखाको हात्तीवन र चम्पादेवी डाँडो, क्षितिजमा देखिने फुलचोकी, नजिकै रहेको सिकाली र रुद्रायणी मन्दिर, माथिल्लो पाखामा बस्ती र बीचमा खोकनाको खासी फाँट आफैँमा सुन्दर छ । दृश्य उतार्न कलाकार विभिन्न समूहमा बाँडिएका थिए ।

प्रकृतिमा यति धेरै कला हुन्छ, छानेर चित्रमा उतार्नुपर्छ, कोठामा बसेर कोरेको चित्रभन्दा प्रकृति हेरेर दृश्य दृश्य उतार्न चुनौती हुन्छ । छिनछिनमा प्रकृति फेरिन्छ । “हरेक रुख हरियो नै हुन्छ तर त्यसका हरियोका रङ्गहरु फरक–फरक हुन्छन्, चित्रमा उतार्नुु नौलो सिकाइ हो”, सुन्दर फाँट र सिकाली मन्दिर चित्रमा कैद गर्दै कलाकार रामकृष्ण थापाले भन्नुभयो ।

विसं २०५३ देखि ललितकलाको शिक्षासँग चित्र कोर्न थाल्नुभएका थापालाई प्रकृतिमा बसेर चित्र उतार्न औधी मन पर्छ । शनिबारे खोकना अभियान पनि उहाँले छुटाउनुभएन । कलाकारलाई लाग्छ, सबै विधाको गुरु नै प्रकृति हो । आँखाले देख्ने रङ्गहरु यहाँबाट सिक्ने हो । कलाको निखारता प्रकृतिले दिन्छ ।

स्थानीय अनुभवी भरत गिरी र ज्ञानरत्न महर्जनले खोकनाको विशेषताबारे बताइसकेपछि कलाकारले यहाँका सुन्दर दृश्यलाई दिनभर लगाएर चित्रमा उतारे । यहाँका रहनसहन, जीवनशैली, इतिहास पनि चित्रमा कैद भएका छन् ।

“अहिलेका सुन्दर फाँट नै भोलिका इतिहास हुन्, यहाँ घर भरिएपछि यो फाँट हराउँछ, बाँकी रहन्छ त हाम्रा चित्र”, विगतका उदाहरण प्रस्तुत गर्दै अर्का कलाकार राकेशचन्द्र श्रेष्ठले भन्नुभयो ।

कलाकारको अनुभवमा सरकारको नीति भूमि संरक्षण गर्ने खालको छैन । जसले जहाँ पायो त्यही घर बनाइदिन्छन् । त्यसैले महत्वका चिज विस्तारै हराउँदै चित्रमा सीमित हुन्छन् । त्यही चित्र कलाकारले कोरिरहेका छन् ।

शनिबारीय अभियान राकेशमान र दिवेशमानसिंह प्रधानको कल्पना हो । नयाँ, पुराना र कला छाडेर फेरि फर्किएकाहरू यो समूहमा छन् । कलाकारको स्वतफूर्त समूह हो । करीब ४०० सदस्य रहेको फेसबुक समूह छ । हरेक शनिबार कहाँ गएर चित्र कोर्ने भनेर मतदान हुन्छ ।

जुन ठाउँका लागि बढी मत जान्छ उनीहरु त्यही ठाउँमा चित्र कोर्न पुग्छन् । त्यही बनाएका चित्रको बिक्री र आफ्नो व्यवसायबाट केही रकम कटौती गरेर अभियानलाई अगाडि बढाइएको छ ।

यसअघि हनुमानढोका, ललितपुरको दरबार स्वायर, भक्तपुर, ठिमी, चन्द्रागिरि, टेकु पुगेर उनीहरूले यसैगरी चित्र कोरिसके । अभियानलाई दिगो रूप दिने प्रयासमा कलाकार लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com