ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा चियापान : एकतापछि घुलमिलको अवसर, चालीस हजार सहभागी 


एबीसी न्यूज


काठमाडौँ, १० कात्तिक ।  “नेपालका राजनीतिक दल सधँै झगडा मात्र गर्दैनन् मिल्छन् पनि भन्ने सन्देश हामीले दिँदै आएका छौँ ।” चीनका लागि पूर्व नेपाली राजदूत एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) केन्द्रीय सदस्य टङ्क कार्कीले भृकुटीमण्डपमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग चियापानपछिको अनुभूति हो यो ।

उहाँले भन्नुभयो, “अरु बेलामा हामी राजनीतिक विषयमा विवाद गर्छौं तर सांस्कृतिक चाडपर्वका अवसरमा एकापसमा घुलमिल हुन्छौँ भन्ने सन्देश विश्व समुदायलाई दिन चियापान कार्यक्रम सहयोगी हुँदै आएको छ ।”

विगतमा दशैँ, तिहार र नेपाल संवाद् तथा छठ पर्वका अवसरमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले फरकफरकरुपमा आयोजना गर्दै आएको चियापन कार्यक्रम यो वर्ष पार्टी एकता भई नेकपा गठनपछि पहिलो पटक आज आयोजना भएको हो । नेपाली काङ्ग्रेस र अन्य दलले पनि चाडपर्वका अवसरमा यस्तो चियापान कार्यक्रम गर्दै आएका छन् ।

नेकपाको जिल्ला र जनसङ्गठनबीच एकता प्रक्रियाले पूर्णता नपाए पनि विगतमा एमाले र माओवादीका नेता कार्यकर्ताको पहिचानमा चिनिएका नेता कार्यकर्ता आज एकै पार्टीको र एकै लक्ष्य बोकेका सिपाही झैँ अन्तरघुलित भएका थिए । एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियो । तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीले विसं २०५१ को दशैँका अवसरमा शुभकामना आदानप्रदानका लागि चियापान कार्यक्रमको थालनी गर्नुभएको थियो । त्यसपछि नियमितरुपमा यो कार्यक्रम हुँदै आएको छ ।

योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले चियापानबाट पार्टी एकताको सन्देश प्रवाह भएको जनाउँदै रासससँग भन्नुभयो, “एकतापछि कार्यकर्ताबीच यति ठूलो भेटघाट भएको थिएन । यसले नेता र कार्यकर्ताको दूरी नजिक्याउँने काम गरेको छ । अब यो सन्देश देशव्यापी बनाउनुपर्छ ।”

तत्कालीन एमाले नुवाकोटका जिल्ला सचिवालय सदस्य पूर्णलाल श्रेष्ठले जिल्लागत एकताले पनि पूर्णता पाएको भए कार्यकर्तामा थप उत्साह पैदा हुने टिप्पणी गर्नुभयो । अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष दीपक देवकोटाले चियापानमा उत्साहजनक सहभागिता देखिएको यसले पार्टी एकताको भावनात्मक एकता प्रदर्शन गरेको दाबी गर्नुभयो ।

शीर्ष नेताहरु स्वागतमा व्यस्त

दुई तिहाइ नजिकको समर्थनका साथ सत्तारुढ दल बनेको नेकपाको चियापनमा सो दलका नेता कार्यकर्ताका साथै सर्वसाधारण र समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेख्य सहभागिता थियो । अस्वस्थ्यताका कारण प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुँदा केही खल्लो महसुस भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, गृहमन्त्री एवं नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादल, पार्टीका महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सहभागीलाई दिनभर स्वागतमा व्यस्त हुनुभएको थियो ।

निरन्तर साङ्गीतिक प्रस्तुति

चियापान चलिरहेका बेला राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, अन्तरा समूहलगायत टोलिका कलाकारबाट साङ्गीतिक प्रस्तुति भएको थियो । ती प्रस्तुतिमा पनि पार्टी एकता, समृद्धि र सद्भावको सन्देश प्रवाह भएको थियो भने जनताको अपेक्षाअनुसार काम गर्न नेतालाई खबरदारी गरिएको थियो । कार्यक्रम प्रस्तोता कलाकार राजाराजेन्द्र पौडेलले बेलाबेलामा हास्यव्यङ्ग्य प्रस्तुति गरेर मनोरञ्जन दिनुभएको थियो ।

देउवा आएपछि…

मध्याह्न १२ बजेदेखि शुरु भई साँझ ५ बजेसम्म चलेको चियापनमा शुरुदेखि नै सहभागीको लाइन लागेको थियो । पद्मोदय मोडदेखि भृकुटीमण्डपसम्म लाइन लागेको थियो भने एकैपटक मानिसको प्रवेश हुँदा व्यवस्थापनमा हम्मेहम्मे परेको परेको देखिएको थियो । प्रधानमन्त्री ओली नआएपछि प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पनि नआउने त होइन भन्ने सञ्चारकर्मीले जिज्ञाशा राखिरहेका बेला उहाँ कार्यक्रमको अन्त्यतिर भृकुटीमण्डपमा आइपुग्नुभयो । अध्यक्ष प्रचण्डलगायत वरिष्ठ नेताले देउवालाई स्वागत गरेको र उहाँहरुले चिया पिएको दृष्य कैद गर्न सञ्चारकर्मी एकाएक झुम्मिएका थिए ।

चालीस हजार सहभागी

आयोजकले ५० हजारका लागि निमन्त्रणा गरेकामा चियापानमा ४० हजारको सहभागिता रहेको नेकपा निकट अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले आयोजनाका लागि रु १० लाख रकम पेश्की निकासा गरिएको बताउनुभयो । चियापानमा सालको पाताको दुनामा निमकिन, कचौरी, केरा, लड्डु राखिएको थियो । चिया र पानीका लागि अलग्गै प्रबन्ध थियो ।

चियापानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता, मन्त्रीगण, मुख्यमन्त्री, सांसद संवैधानिक अङ्गका पदाधिकारी, राष्ट्रसेवक, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, प्राज्ञहरु, कलाकार र सर्वसाधारणको सहभागिता थियो । चियापानमा काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवासहित काङ्ग्रेस नेता प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीलगायत नेताको सहभागिता थियो ।

समृद्धि, विकास र सद्भावको सन्देश

नेकपामा महासचिव पौडेलले नेपालीको राष्ट्रिय चाडपर्वका अवसरमा पार्टीले विगतदेखि आपसी सद्भाव साटासाट गर्न चियापान गर्दै आएकाले यस वर्ष पनि आयोजना गरिएको बताउँदै चियापानमा राजनीतिक दलका नेता सामाजिक जीवन व्यक्तित्वदेखि सर्वसाधारणको उपस्थितिले आफूहरुलाई उत्साही बनाएको बताउनुभयो ।

उहाँले सदियौँदेखि चलिआएको चाडपर्वले नेपालीबीच एकता, मेलमिलाप र सहिष्णुता सन्देश दिने बताउँदै भन्नुभयो, “संविधान जारी भइसकेको छ । अब मुलुक समृद्धि, विकास र सामजिक न्यायसहित समाजवादउन्मुखको यात्रामा अगाडि बढ्न र सिङ्गो नेपालीलाई एकताबद्ध बनाएर जाने सन्देश यस्ता कार्यक्रमबाट हामीले ग्रहण गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com