ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माटोको भाडा बनाउन रामअशिषलाई भ्याइनभ्याइ


admin

महोत्तरी, १० कात्तिक । गौशाला–१ का ५५ वर्षीय रामअशिष पण्डितलाई कामकै चटारो छ । माग पूरा गर्नका लागि उहाँ अहोरात्र काममा व्यस्त हुनुहुन्छ । छठपर्वका लागि माटोको भाडा बनाउन रामअशिषलाई भ्याइनभ्याइ छ ।

अन्य समयमा कम माग हुने माटोका समान चाड पर्वका बेला पूजा पाठमा मात्रै प्रयोग हुने भएकाले रामअशिष वर्षभरिकै लागि परिवार पाल्न अहोरात्र मेहनत गर्दै हुनुहुन्छ । महोत्तरी औरही–१ का इन्दलमल्लिक डोम पनि घरमै बसेर बसेर बाँसका सामग्री बनाउँदै हुनुहुन्छ । घरका अन्य सदस्यले बाँस ल्याएर उहाँलाई सहयोग गरिरहेका छन् ।
गौशाला–११ भरतपुरकी ५५ वर्षीया कामिनी डोम एकाबिहानै देखि सपरिवार नै डालो, नाङ्लो र टपरी बनाउनमा व्यस्त देखिनुहुन्छ । छठपर्वमा छठ माता र सूर्यदेवलाई बाँस र बेतबाट निर्मित डालो, नाङ्लो र टपरीमा अर्घ दिनुपर्ने भएकाले आफूहरुको व्यापार समेत बढेको औरही ३ की फैकनीमल्ली डोम बताउनुहुन्छ ।

छठका बेला सुपली, डालाजस्ता सामग्री बनाउँछौँ र बाँकी रहेको समयमा पौतीजस्ता सामग्री बनाएर बजार र गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । चाडपर्वमा मात्र बिक्री हुने बासको सामग्री बेचेर उहाँले रु ५० हजारदेखि एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

अन्य समयमा छोएको पानी र सामान नचल्ने भन्दै समाजमा अपहेलित हुँदै आएता पनि पूजापाठको समयमा उनीहरूबाट निर्मित्त विभिन्न किसिमको पूजा सामग्री भने चोखो हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com