ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउपुरमा मौरीपालनबाट १८ लाख आम्दानी


admin

कुश्मा, १० कात्तिक । मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट रु तीन लाख गरी रु १८ लाख आम्दानी गर्नुभएको गर्नुभएको छ ।विसं २०५७ देखि व्यावसायिक मौरीपालन थाल्नुभएका उहाँको ६२ वटा घारमा मौरी छ । ‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै तिमिल्सिनाले उक्त व्यवसायबाट राम्रो आम्दानी गर्नुभएको हो ।

गाउँकै एक्ला मौरीपालक तिमिल्सिनाले शुरुमा १० वटा मुढेघारबाट मौरीपालन शुरु गर्नुभएको थियो । अहिले आफ्नै घर र बारीमा ६२ वटा मौरीका घार छन् भने अनुकुल याममा १०० भन्दा बढी हुने गरेका छन् ।

उहाँको घरबाटै प्रतिकिलो रु ९०० का दरले मह बिक्री हुँदै आएकोे छ । तिमिल्सिनाले एक याममा छ क्विन्टलभन्दा बढी मह काढ्ने गरेको जानकारी दिनुभयो । एपी सेरेना जातको मौरीको मह भिरमौरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने उहाँको जिकिर थियो ।

“अन्य जातका मौरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ तर एपी सेरेनाको मह धेरैले खोज्दै आउँछन् ।” उहाँले भन्नुभयो, “मह बेच्न बजार जानु पर्दैन । घरमै मह खोज्दै ग्राहक आइपुग्छन् ।” पर्वतमा व्यावसायिक मह उत्पादन गर्ने कृषक त्यति धेरै छैनन् ।

पहिले रहरले गरेको मौरीपालन अहिले आएर व्यावसायिक बनेको तिमिल्सिनाको अनुभव छ । “शुरुमा मुढेघारमा मौरी पाल्न थालँे”, उहाँले भन्नुभयो, “०६२ तिर विभिन्न संस्थाको सहयोगमा तालीम लिएपछि कृषि र केही गैर सरकारी संस्थाले आधुनिक घार दिए त्यसपछि व्यावसायिक रूपमा मौरी पाल्न थालेको हुँ ।”
तिमिल्सिनाले वर्षमा दुई पटक मह निकाल्ने गर्नुभएको छ ।

मह निकाल्ने समयमा उहाँको घरमा ग्राहकको लाइननै लाग्ने गरेको छ । महलाई स्वाद, पौष्टिकता र औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । माग बढेपछि उहाँ झनै व्यवसायमा हौसिनुभएको हो । मौरीपालनमा बढी मेहनत र समय खर्च गर्नु नपर्ने भएकाले उहाँलाई मौरीपालन वरदान सावित भएको छ ।

“म बूढोले त गाउँमै नङ्ग्रा खियाएर पैसा कमाएको छु भने युवाले पनि मेरोजस्तै व्यवसाय गरे किन विदेश गएर रगत, पसिना बगाउने रु”, उहाँले प्रश्न गर्नुभयो ।
उहाँको घर वरिपरि सुन्तला, तोरी र अन्य फलफूलका बोट पनि छन् । नजिकै सामुदायिक वन पनि छ ।

मौरीले तिनै फलफूलको रस खाने गर्छ । फलफूलको रस र वनजङ्गलको जुडीबुटी खाएका मौरीको मह स्वादिलो हुने गरेको उहाँले बताउनुभयो । मौरीपालनसँगै झण्डै १०० सुन्तलका बोटबाट उहाँले वार्षिक लाखौँ आम्दानीसमेत गर्दै आउनुभएको छ । व्यावसायिकरुपमा लाग्ने कृषकका लागि उदाहरणीय पात्र बन्नुभएका तिमिल्सिनाले गाउँमै काम गरे मनग्य आम्दानी गर्न सकिने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन/विकास, गणतन्त्र

सम्बन्धित

‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’ : बैंकर्स संघ

सुनको मूल्य तोलाको रू एक लाख नौ हजार

७३ प्रतिशत नेपालीले बोक्छन् स्मार्ट फोन, इन्टरनेट सुविधा ३८ प्रतिशतमा मात्रै

दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

होटल पौवाको ११ औं शाखा पोखराको लेकसाइडमा

अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...