ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउपुरमा मौरीपालनबाट १८ लाख आम्दानी


admin
कार्तिक १०, २०७५ शनिबार   १ : ०८   बजे

कुश्मा, १० कात्तिक । मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट रु तीन लाख गरी रु १८ लाख आम्दानी गर्नुभएको गर्नुभएको छ ।विसं २०५७ देखि व्यावसायिक मौरीपालन थाल्नुभएका उहाँको ६२ वटा घारमा मौरी छ । ‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै तिमिल्सिनाले उक्त व्यवसायबाट राम्रो आम्दानी गर्नुभएको हो ।

गाउँकै एक्ला मौरीपालक तिमिल्सिनाले शुरुमा १० वटा मुढेघारबाट मौरीपालन शुरु गर्नुभएको थियो । अहिले आफ्नै घर र बारीमा ६२ वटा मौरीका घार छन् भने अनुकुल याममा १०० भन्दा बढी हुने गरेका छन् ।

उहाँको घरबाटै प्रतिकिलो रु ९०० का दरले मह बिक्री हुँदै आएकोे छ । तिमिल्सिनाले एक याममा छ क्विन्टलभन्दा बढी मह काढ्ने गरेको जानकारी दिनुभयो । एपी सेरेना जातको मौरीको मह भिरमौरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने उहाँको जिकिर थियो ।

“अन्य जातका मौरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ तर एपी सेरेनाको मह धेरैले खोज्दै आउँछन् ।” उहाँले भन्नुभयो, “मह बेच्न बजार जानु पर्दैन । घरमै मह खोज्दै ग्राहक आइपुग्छन् ।” पर्वतमा व्यावसायिक मह उत्पादन गर्ने कृषक त्यति धेरै छैनन् ।

पहिले रहरले गरेको मौरीपालन अहिले आएर व्यावसायिक बनेको तिमिल्सिनाको अनुभव छ । “शुरुमा मुढेघारमा मौरी पाल्न थालँे”, उहाँले भन्नुभयो, “०६२ तिर विभिन्न संस्थाको सहयोगमा तालीम लिएपछि कृषि र केही गैर सरकारी संस्थाले आधुनिक घार दिए त्यसपछि व्यावसायिक रूपमा मौरी पाल्न थालेको हुँ ।”
तिमिल्सिनाले वर्षमा दुई पटक मह निकाल्ने गर्नुभएको छ ।

मह निकाल्ने समयमा उहाँको घरमा ग्राहकको लाइननै लाग्ने गरेको छ । महलाई स्वाद, पौष्टिकता र औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । माग बढेपछि उहाँ झनै व्यवसायमा हौसिनुभएको हो । मौरीपालनमा बढी मेहनत र समय खर्च गर्नु नपर्ने भएकाले उहाँलाई मौरीपालन वरदान सावित भएको छ ।

“म बूढोले त गाउँमै नङ्ग्रा खियाएर पैसा कमाएको छु भने युवाले पनि मेरोजस्तै व्यवसाय गरे किन विदेश गएर रगत, पसिना बगाउने रु”, उहाँले प्रश्न गर्नुभयो ।
उहाँको घर वरिपरि सुन्तला, तोरी र अन्य फलफूलका बोट पनि छन् । नजिकै सामुदायिक वन पनि छ ।

मौरीले तिनै फलफूलको रस खाने गर्छ । फलफूलको रस र वनजङ्गलको जुडीबुटी खाएका मौरीको मह स्वादिलो हुने गरेको उहाँले बताउनुभयो । मौरीपालनसँगै झण्डै १०० सुन्तलका बोटबाट उहाँले वार्षिक लाखौँ आम्दानीसमेत गर्दै आउनुभएको छ । व्यावसायिकरुपमा लाग्ने कृषकका लागि उदाहरणीय पात्र बन्नुभएका तिमिल्सिनाले गाउँमै काम गरे मनग्य आम्दानी गर्न सकिने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group