ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले वाचा पूरा नगरेको शहीद परिवारको गुनासो


admin
कार्तिक १०, २०७५ शनिबार  १२ : १२ बजे

भीमदत्तनगर, १० कात्तिक । झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो ।

नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको आनन्द बजार नजिक कल्र्भट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतम ढलेपछि केही साता स्थिति निकै तनावग्रस्त बन्यो । लगत्तै तत्कालीन सरकारले गौतमलाई शहीद घोषणा गर्नुका साथै उहाँका सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताए पनि त्यो अझै पूरा हुन नसकेको शहीद परिवारको गुनासो छ ।

तीन छोरी रहेका गौतमकी पत्नी लक्ष्मी गौतमले छोरीहरुको स्थानीय विद्यालयमा अध्यापन चलिरहेको बताउनुभयो । “तीन वटै छोरीलाई अलग÷अलग स्कूलमा पढाउनुपरेको छ ।” उहाँले भन्नुभयो, “घटनाका बेला पाइएका धेरै आश्वासन पूरा भएनन् ।”

घटनाका बेला पुनर्वास नगरपालिकाले पनि आफूलाई रोजगारी दिने बताएको लक्ष्मीले राससलाई जानकारी दिनुभयो । “मलाई पनि कहीँकतै जागीर दिइएको छैन ।” उहाँले भन्नुभयो, “सरकारले घोषणा गरेको रु १० लाखसँगै सबैतिरबाट गरी रु ३२ लाख सहयोग जुटेको थियो ।”

उहाँले शहीदका लागि मिलेको सहयोगले पुनर्वासमै रु २६ लाखमा घर किनेको बताउनुभयो । “अहिले रोजगारीका लागि दौडधुप गरिरहेको छु ।” उहाँले भन्नुभयो, “राहत दिने धेरै प्रतिबद्धता औपचारिकताका लागि रहेछन् ।”

त्यसैगरी स्थानीय तहले आनन्द बजारमा शहीद गौतमको शालिक बनाउने भनेको थियो तर त्यो कामको शुरुआत गरिए पनि अझै सम्पन्न गर्ने सुरसार छैन । “शालिक बनाउने काम अझै भएको छैन ।”

त्यसैगरी दुई महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणका विषयमा चलिरहेको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर भीमदत्तनगरपालिका–१८ सालघारीका १४ वर्षीया शनि खुनाले शहादत प्राप्त गर्नुभयो ।

लगत्तै सरकारले खुनालाई शहीद घोषणा गर्दै रु दश लाख दिने घोषणासमेत गरेको थियो । “सङ्घीय सरकार र भीमदत्तनगरपालिकाबाट घोषणा गरिएको राहत रकम पाइसके ।” शहीद शनि खुनाका बुबा वीरबहादुरले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको रु पाँच लाख पाउन बाँकी छ ।”

उहाँले सङ्घीय सरकारबाट रु १० लाख र भीमदत्तनगरपालिकाबाट रु तीन लाख रकम पाएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेनाको स्पष्टीकरण: ‘विगतजस्तै यसपटक पनि मतपेटिका गणनास्थलसम्म पुर्‍याउँछौं’

रास्वपाले दावी गरेजस्तै देशभर कति सिट जित्न सक्छ ? विस्तृत तालिकामा

सम्बन्धित

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com