ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिले बन्छ नेपालगन्जमा ‘बहुउद्देश्यीय सभागृह’ ?


admin

बाँके, १० कात्तिक । बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगन्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष महोत्सव आयोजना गर्छ ।

सङ्घका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह र प्रदर्शनीस्थल बनाउन सरकारबाट १० बिघा जमीन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले प्राप्त गरेको थियो ।
जग्गा प्राप्त भएसँगै सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । तर सभागृह र प्रदर्शनीस्थल निर्माणको टुङ्गो भने हालसम्म लागेको छैन । तत्कालीन समयमा करीब रु ३५ करोडमा सभागृह र प्रदर्शनीस्थल निर्माण हुने अनुमान गरिएको थियो ।

हालसम्म सङ्घले सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै यसअघि तीन वटा महोत्सव सम्पन्न गरिसकेको छ । जसबाट करीब रु डेढ करोड सङ्कलन भएको छ । तर अहिले पूर्ववत योजनाअनुसार नै सभागृह र प्रदर्शनीस्थल बनाउने हो भने पनि रु ५० करोडसम्म खर्च हुने देखिन्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले यहाँका राजनीतिक दलको असहयोगका कारण निर्माणमा समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले मात्रै आवश्यकता महसुस गरेर हुँदोरहेनछ, राजनीतिक सहयोग पनि आवश्यक छ तर यहाँका राजनीतिक दलले आवश्यकता महसुस नगरिदिँदा समस्या भएको छ ।”

बहुउद्देश्यीय सभागृह निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र नक्सा तयार भइसकेको बताउँदै केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो, “केही रकम हामीले जम्मा गरिसकेका छौँ, अझै आवश्यक रकम खोजिरहेका छौँ, बाह्य दाताले पनि यसमा सहयोग नगर्ने भएकाले सरकारले नै केही रकम विनियोजन गर्नुपर्ने भएपछि हामीलाई राजनीतिक दलको सहयोग चाहिएको छ ।”

उहाँका अनुसार उद्योग वाणिज्य सङ्घलाई प्रदान गरिएको जग्गा सडक विभाग मातहतको भएकाले विभागले जग्गा दिन नमानेका कारण पनि निर्माणमा कठिनाइ भइरहेको छ । उहाँले भन्नुभयो, “जग्गा भोगचलन गर्न सडक विभागलाई आठ कोठे भवन बनाइदिनुपर्ने सम्झौतामा उल्लेख छ, हामी त्यो भवन बनाइदिन तयार भए पनि विभागले नमानेकै कारण समस्या उत्पन्न भएको छ ।”

राजधानीबाहिर देशकै सबैभन्दा ठूलो सभागृह निर्माण गर्ने महत्वकाङ्क्षा बोकेको नेपालगञ्ज उद्योग वणिज्य सङ्घले केही वर्षयता दाताको खोजी गरिए पनि नपाइएपछि औद्योगिक महोत्सव आयोजना गरेर त्यसबाट केही रकम बचत गरिरहेको छ । सङ्घका अध्यक्ष नन्दलाल वैश्यले पनि बजेट अभावकै कारण समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले जग्गा दिएको छ, पर्याप्त बजेट हामीसँग छैन, हामीले पनि सरकारसँगै बजेट माग्ने र अपुग रकम जुटाउने हो, यस बिषयमा अर्थ मन्त्रालयमा छलफल पनि भएको छ, मन्त्रालयतहबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।” उहाँका अनुसार सडक विभागलाई जग्गा उपलब्ध गराइदिन पनि पत्राचार गरिसकिएको छ ।

“मन्त्रिस्तरीय निर्णयबाट हामीले जग्गा पाइसकेका छौँ, जग्गाको लालपुर्जा पनि हामीसँगै छ, सडक विभागको प्रयोजनका लागि आठ कोठे भवन निर्माण गरिदिने शर्तअनुसार हामीले जग्गा उपलब्ध गराइदिन भनेका छौँ, विभागले जग्गाको टुङ्गो नलगाए पनि अब हामी प्रदर्शनीस्थल निर्माण सुरुवात गर्दछौ”, अध्यक्ष वैश्यले भन्नुभयो, “अबको केही महीनाभित्र हामीले निर्माणको काम शुरु गर्दछौँ ।”

सरकारसँग भएको सम्झौताअनुरुप सभागृह र प्रर्दशनीस्थल निर्माण कार्य व्यावसायिक प्रयोजनका लागि नहुने उल्लेख भएकाले पनि यो परियोजना सुरुवातका क्रममा केही समस्या भएको व्यवसायीको भनाइ छ । अध्यक्ष वैश्यका अनुसार अब निर्माणका लागि आवश्यक बजेटबाहेक अन्य कुनै समस्या छैन । नेपालगञ्ज उपमहानगरपालिकाले पनि भवन निर्माणका लागि स्वीकृति दिइसकेको उहाँको भनाइ छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

विराटनगर, १० चैत । कोसी प्रदेश नामाकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को उपचारको क्रममा मृत्यु भएको छ ।

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल

काठमाडौँ, १० चैत । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ, १० चैत । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ

सम्बन्धित

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँड

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजदेखि रमजान सुरु

राष्ट्रपति पौडेललाई चेम्बरको बधाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...