ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक उपलब्धिलाई आर्थिक विकासमा केन्द्रित गरेका छौँ : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

 

काठमाडौँ, १० कात्तिक। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिको दिशामा केन्द्रित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘नागरिकको घोषणापत्र ः विचार मन्थन’ विषयमा आज प्रवचन दिँदै उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणामार्फत गरीबी, अशिक्षा, भोकमरीबाट मुक्त गर्ने र विकासका आवश्यकता परिपूर्तिका लागि साधन तथा स्रोतको परिचालनमा विशेष ध्यान दिइएको बताउनुभयो ।

संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक सङ्क्रमणकालको अन्त्य गरिएको, तीन तहै निर्वाचनपश्चात् राजनीतिक स्थिरता कामय भएको जानकारी दिँदै उहाँले विकास र समृद्धिका लागि आफूहरु दृढताका साथ अगाडि बढेको स्पष्ट पार्नुभयो ।

नेपाली जनताको भावना र आकांक्षाअनुसार संविधानमा सुधार गर्न सकिने बताउँदै अध्यक्ष प्रचण्डले संविधानले नागरिक मूल्य र मान्यता तथा राष्ट्रिय पहिचानलाई दरिलोसँग ग्रहण गरेको दाबी गर्नुभयो ।

सशस्त्र जनयुद्धमार्फत उठेको जनताको मनोबल ऐतिहासिक शान्ति सम्झौतामार्फत संस्थागत भएको भन्दै उहाँले सामाजिक, राजनीतिक मागलाई संविधानमार्फत जनताले स्वामित्व लिएको बताउनुभयो ।

आफूले राजनीतिक उतारचढावलाई नियालेको प्रष्ट पार्दै उहाँले ऐतिहासिक शान्ति प्रक्रिया तथा प्रजातान्त्रिक परिवर्तनलाई ‘नागरिक घोषणापत्र’ मार्फत संस्थागत गरेको स्पष्ट पार्नुभयो ।

विकासको गतिलाई माथि उठाउन छिमेकी तथा विश्वका भाइचाराको महत्वपूर्ण सहयोग प्राप्त भएकोप्रति आभार व्यक्त गर्दै उहाँले त्यस्ता सहयोग निरन्तर रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई कुनै शङ्का छैन, तपाईहरु सबै शान्त र समृद्ध नेपालको पक्षमा हुनुहुन्छ । नेपालले शान्ति, स्थायित्व र समृद्धिका दिशामा दक्षिण एशिया मात्र नभई विश्वलाई नै योगदान दिन सक्छ ।”

उहाँले नेपाल र भारतबीच ऐतिहासिक वास्तविकता रहिआएको उल्लेख गर्दै भन्नुभयो, “हामीहरु भौगोलिक, धार्मिक, सांस्कृतिक एवं व्यापारिक दृष्टिकोणले एक आपसमा बाँधिएका छौँ । हामी छिमेकी मात्रै होइनाँै, नजिकको मित्र पनि हौँ ।”

अध्यक्ष दाहालले जनता–जनताबीचको अन्तक्र्रिया आदानप्रदान दुई देशबीचको अलौकिक सम्बन्धको चूरो भएको बताउँदै यसलाई सौहाद्र्र, हार्दिकता, सहकार्य, समान सार्वभौमिकताप्रतिको आपसी सम्मानको जगलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो ।

नेपाल र भारतले आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समयको बहाव तथा जनताको आकांक्षाअनुसार सम्बन्धले थप नयाँ उचाइ लिनेछ ।” अध्यक्ष दाहाल आज बिहान मात्रै सोही सम्मेलनलाई सम्बोधन गर्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com