ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुक्रबारदेखि मोटरसाइकललाई यसरी दिइनेछ नयाँ नम्बर


एबीसी न्यूज
कार्तिक ९, २०७५ शुक्रबार  ८ : १७ बजे

काठमाडौं, ९ कात्तिक । बागमती अञ्चलको मोटरसाइकल दर्ता शुक्रबारदेखि खुल्ने भएको छ ।

अञ्चलका नाममा दर्ता भएका मोटरसाइकल मन्त्रिपरिषदले प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेपछि शुक्रबारदेखि दर्ता खुल्ने भएको हो ।

मन्त्रिपरिषद्को निर्णय विहीबार राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि बागमती अञ्चलका मोटरसाइकल प्रदेशका नामबाट दर्ता हुने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए ।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा गाडी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि प्रदेशभित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक हुनेछ ।

प्रदेशभित्रमा पनि यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोके बमोजिम हुने विभागका प्रवक्ता उपाध्यायले बताए ।

नम्बर प्लेटमा गाडीको समूह जनाउने अंक आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुनेछ । त्यस्तै गाडी दर्ता नम्बर बढीमा ४ अंकको ९०००१ देखि ९९९९० सम्म हुनेछ । प्रयोग अनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com