ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो हेलम्बु म्याराथनको उपाधि किरण कुलुङलाई


admin

काठमाडौं, ८ कात्तिक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन बिकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले ४ घन्टा ३२.३० मिनटमा पुरा गरे ।

मंगलबार भएको म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान हासिल गरेका छन् । सुमनले उक्त दूरी ४ घन्टा ३८.४५ मिनटमा र सन्तोषले ५ घन्टा ५२.३० मिनटमा पुरा गरे । शीर्ष तीन स्थानमा रहनेले क्रमसः २५, १५ र १० हजार पुरस्कार पाएका छन् ।यस्तै उत्कृष्ट पाँच स्थान हात पार्ने अन्य खेलाडीहरुले पनि जनही ५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगतनै भएको भेट्रान्स तर्फ गंगा लाल तामाङ्गले पहिलो स्थान हात पारे । उनले ४२ कि.मि.को दूरी ५ घन्टा २६.५० मिनटमा पुरा गरे । भिम बहादुर गुरुङ्ग ५ घन्टा ५०.४७ मिनटका साथ दोश्रो र दावा जाङमु शेर्पा ६ घन्टा ४५ मिनटका साथ तेश्रो भए । उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार प्राप्त गरे ।

म्याराथनको रुट हेलम्बु गाउँपालिकाको २४७४ मिटर उचाइमा अवस्थित कुटुङसाङबाट सुरु भइ २५६० मिटर उचाइमा अवस्थित सेर्माथाङसम्म निर्धारण गरिएको थियो । फुल म्याराथनमा १८ पुरुष र ३ महिलाले सहभागिता जनाएका थिए ।

छात्र र छात्रा विच भएको ५ कि.मि.को दौडमा छात्र तर्फ सागर श्रेष्ठले बाजी मारे । उनले २४.११ मिनटनमा दूरी पुरा गरे । २४.४९ मिनटका साथ दावा दोर्जे ह्योल्मो दोश्रो र २८.५३ मिनटका साथ प्रविन बोहरा तेश्रो भए । छात्रा तर्फ निमा डोल्मा ह्योल्मोले ३७.३३ मिनटका साथ पहिलो स्थान हात पारिन् । दोश्रो स्थानमा रहेकी श्रेशान सिल्पकारले ३७.४४ र तेश्रो स्थानमा रहेकी प्रकृती सुवालले ३८.१७ मिनटका साथ दूरी पुरा गरे । उत्कृष्ट शिर्ष तिनले नगद ५ हजार, ३ हजार र १ हजार प्राप्त गरे ।

प्रतियोगिताको ५ कि.मि. खुला तर्फको प्रतिस्पर्धामा पुरुष तर्फ पेम्बा टासी ह्योल्मोले २५.०७ मिनटका साथ पहिलो भए । यस्तै दावा लामा ३१.२६ र निनो शेर्पा ३२.२० मिनटका साथ दोश्रो र तेश्रो भए । महिला तर्पm एकल प्रतिस्पर्धा गरेकी रेखा बिष्टले २७.५० मिनटमा दूरी पुरा गरिन् । पहिलो, दोश्रो र तेश्रोले क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे ।

म्याराथनसँगै पाँच किलोमिटरको वाकाथन आयोजना गरिएको थियो । त्यस्तै कल्चर र फुड फेष्टिबलको पनि आयोजना गरिएको थियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री विश्वकर्माले हेलम्बुकै चोकम्बो भन्ने स्थानमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाका लागि काम अघि बढिसकेको भन्दै त्यसका लागि १० लाख बजेट छुट्याइएको जानकारी दिए ।

स्थानीय छिरिङ लामाको एकल प्रयासमा तीन संस्करणसम्मको म्याराथन आयोजना भएको छ । लामा सन् २००५ को एभरेष्ट म्याराथनका विजेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com