ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र मेरो बीचमा मत भिन्नता छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो– नेता नेपाल


एबीसी न्यूज
कार्तिक ७, २०७५ बुधबार  ८ : ०६ बजे

घोराही, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ ।

नेकपा दाङले दशैँका अवसरमा मंगलवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पार्नुभयो ।

“हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भन्नुभयो, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो ।”

नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताउनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेपालको कम्युनिष्टले प्राप्त गरेको जनताको मत विश्व इतिहासमा चर्चा र प्रशंसा हुने गरेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनप्रतिनिधिले लिएको सुविधालाई ठूलो विषय नबनाउन आग्रह गर्नुभयो । “हिजोको विकास समितिसँग अहिलेको सरकारको तुलना हुन सक्दैन”, उहाँले भन्नुभयो, “हिजोको गाविस सचिवभन्दा अहिले वडाअध्यक्षको कामको दायरा फराकिलो छ ।”

नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादीको एकीकरणपछि औपचारिकरुपमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा जिल्लादेखि वडास्तरका जनप्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com