ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब घरघरमा विद्युतीय चुल्हो लैजाने सरकारको योजना : प्रधानमन्त्री


एबीसी न्यूज
कार्तिक ६, २०७५ मंगलबार  १२ : ५४ बजे

काठमाडौं, ६ कात्तिक । विश्वमा विद्युतिय उपरकणलहरुले फड्को मार्ने क्रमजारी रहेको छ । यस्तै विद्युतिय उपकरण बन्ने क्रममा सवारी साधानका कुरा गर्दा सन् १८८१ मा फ्रान्समा विद्युतीय रिक्सा बनेको थियो । तर त्यो ३ पाङ्ग्रे रिक्सा घोडाको टागाभन्दा ढिलो कुद्ने भएकाले त्यति स्थान पाउन सकेन । त्यसपछि पहिलो पटक अमेरिकाको न्युयोर्कमा ३२ किमि प्रतिघन्टा गति भएका विद्युतीय ट्याक्सी चलाएपछि विद्युतीय गाडीले फड्को मार्न थालेको छ ।

नेपालमा सन् १९६० को दशकमै विद्युतीय रोपवे सञ्चालनमा आएको थियो । १९७७ मा चीन सरकारको सहयोगमा स्थापित काठमाडौं–भक्तपुर विद्युतीय ट्रलिबस २००१ तिर अस्तायो । प्छिल्लो समयमा विस्तारै मुलुक विद्युतमा आत्मनिर्भरतातर्फ अगाडी बढेको छ । र पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुनेछ ।

यसका लागि विद्युतीय बस बरदान सावित हुने विश्वास गरिएको छ । निकै चर्चामा र नेपालीको कौतुहलताको विषय बनेको उत्तर र दक्षिणको विद्युतीय चुच्चे रेलको रटानस“गै गतवर्ष राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्लेपछि अहिलेका ऊर्जामन्त्री वर्षमान पुन पनि विद्युतीय गाडी चढ्न थाल्नुभयो । यसै विच थुप्रै कम्पनी विद्युतीय बस ल्याउने तयारीमा रहेको बताउदै गर्दा पहिलोपटक साझा यातायातले विद्युतिय वस सेवासुरु गरेको छ ।

हाल ठूलो र सानो गरी दुईवटा मात्र बस ल्याउन लागिएको छ । ४० सिट भएको तर उभिएरसमेत ९० जनाले यात्रा गर्नसक्ने र सानोमा १५ सिट र ३५ जनासम्मको क्षमता हुनेछ ।

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको उक्त गाडी प्रधानमन्त्रीले केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । विद्युतिय बसले वायुप्रदुषण समेत कमगर्ने र मानवमत्री भएको हुदा यस्ता खाले यातायातका साधनलाई बढावा दिनुपर्ने प्रधामन्त्री ओली बताउनुभयो । उहाँले यस्ता बसहरु सवै जिल्लाहरुमा समेत गुड्नुपर्ने बताउनुभयो । उक्त बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकबाट सिंहदरबारसम्म यात्रा समेत गर्नुभयो । प्रधानमन्त्री ओलीसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए ।

साझाले केही समय पहिले विद्युतीय गाडी गुडाउने घोषणा गरेको थियो। ल्याउने भनिएका ५ मध्ये २ काठमाडौं आइसकेको छ । एउटा बाटोमा छ भने बा“की दुई आउने प्रक्रियामा रहेका छन् । यी बसहरूलाई लुम्बिनी क्षेत्रमा गुडाइनेछ । साझाको व्यवस्थापनमा रहने बस खरिदका लागि एडिबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्र राज पाण्डेले जानकारी जानकारी दिनुभयो ।

वातावरणीय दृष्टिले इलेक्ट्रिक बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुवा“रहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण समेत कमि हुने वन मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । कार्यक्रममा बोल्दै पर्यटन तथा संस्कृतिमन्त्री रविन्द अधिकारीले यस वस पहिलो पटक पर्यटकिय क्षेत्र लुम्वेनीमा सेवा दिने भएको बताउदै यस्ता बसहरु अपांगमत्री ,तथा पर्यटकको रोजाईमा पर्ने भएको हुदा पनि यसले पर्यटन क्षेत्रमा टेवा पुग्ने बनाउनुभयो ।

यातायातका साधन र खनिज तेल आयात र बिक्रीमा लाग्ने कर र साधनमा लाग्ने वार्षिक कर हाम्रो राजस्वका प्रमुख स्रोतमध्ये मुख्य हुन । यही करले सरकारको बजेट धानेको छ । तर प्रदूषणले हाम्रो स्वास्थ्यमा असर गम्भिर असर पारेको छ ।

प्रदुषण करवापत सरकारले हाल इन्धनमा प्रतिलिटर ५० पैसा संकलन गरिरहेको छ । त्यसवापत करिव पा“च अर्ब रुपैया सरकारी कोषमा जम्मा भइसकेको छ । खर्च भने हुन सकेको छैन । उक्त रकमलाई सरकारले नगरपालिकामार्फत् लगानी गरेर विद्युतीय बस खरिदमा प्रोत्साहन गर्न सकेको खण्डमा काठमाडौको वायु प्रदुषणको मात्रमा कमि आएने थियो की ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com