ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दोहोर्याएर सोच्नुपर्छ – चीन


एबीसी न्यूज

काठमाडौं, ६ कात्तिक । अमेरिका र रूसबीच करिब ३० वर्ष पहिले  भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दोहोर्याएर सोच्नुपर्ने टिप्पणी चीनले गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड रेगन र रूसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दूरीको आणविक हतियारको प्रयोग रोक्न गरेको सम्झौताबाट पछि हट्ने घोषणा गरेलगत्तै चीनले यस्तो प्रतिक्रिया जनाएका हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार भने, ‘आणविक सम्झौताबाट फिर्ता हुने सन्दर्भमा चीनलाई जोड्नु गलत हुने कुरालाई जोड दिनु आवश्यक देखिएको छ ।’

सम्झौताले विश्वलाई निशस्त्रीकरण प्रक्रियालाई अघि बढाउन, रणनीतिक सन्तुलन स्थापित गर्न र विश्वव्यापी स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको हुवाको धारणा थियो ।
अमेरिकालाई सङ्केत गर्दै सम्बन्धित पक्षले सम्झौताबाट फिर्ता हुने निर्णयबारे दोहोरायर सोच्नेमा चीन विश्वस्त रहेको हुवाले बताए ।
सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ ¥यावकोभले आइतबार बताएका थिए ।
उक्त सम्झौताले तत्कालीन दुई प्रतिस्पर्धी मुलुकबीच ५०० देखि पाँच हजार ५०० किलोमिटर जमिनबाट जमिनमा मार हान्नसक्ने मिसाइलको प्रयोगमा रोक लगाएको थियो ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन पहिले उक्त सम्झौताको रूसले विगत केही बर्ष यता उल्लंघन गर्दै आएको र चीनले उक्त सम्झौतामा हस्ताक्षर नगरेकोले यस्ता हतियार विकास गर्न स्वतन्त्र रहेको जिकिर गर्दै वासिंटनबाट फिर्ता हुने योजना सार्वजनिक गरेका थिए ।

अमेरिकी रिपब्लिकन पार्टीका दुई सांसद् लिन्डसी ग्राहम र बब कर्करले आइतबार ट्रम्पको चिन्ताप्रति समर्थन जनाउँदै सम्झौताले अमेरिकालाई पछि पारेको र चीनलाई अघि बढ्न सहयोग भएको बताएका थिए ।

तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई ‘अविवेकी निर्णय’ भन्दै आलोचना गरेका छन् ।

‘अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,’ गोर्भाचोभले इन्टरफ्याक्सलाई बताए । उनले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com