ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहाडमा समेत लोप हुँदै गएको सराए नाच तराईमा प्रदर्शन


admin

बुटवल, ५ कात्तिक । पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच रुपन्देही र कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा नाचिने सराए नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेकाहरुले प्रदर्शन गरेका हुन् ।


पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको स्थान जीतगढीमा आइतबार स्थानीयवासीले खुँडा, तरबार, खुकुरीसहितका हतियार प्रदर्शन गर्दै सराए नाच नाचे । यस्तै कार्यक्रम पूर्णिमाको दिन बुटवलको देवीनगरमा आयोजना हुनेछ । कपिलवस्तुका जीतपुर, पाँचथरलगायत स्थानमा समेत स्थानीयवासीले सराए नाच देखाएका छन् । यस्तो नाचमा गुल्मी, अर्घाखाँची र पाल्पाबाट आएका हजारौँ सर्वसाधारण सहभागी थिए ।

के हो सराए ?

यस क्षेत्रमा सराएको अर्थ चुचुरोमाथिको समथर भाग भन्ने बुझिन्छ । चुचुरामाथि कोतमा शक्तिपीठ या मन्दिर हुने र ऐतिहासिक हतियारको भण्डारण पनि कोतको मन्दिरमा हुने भएकाले कोत नजीकैको समथर भागमा हतियारसहित नाच्ने परम्परा भएकाले यसलाई सराए भनिएको संस्कृतिविद् राजेन्द्रकुमार आचार्यको भनाइ छ ।

सराए शब्दलाई बृहत् नेपाली शब्दकोषमा यात्री बस्न वा विश्राम गर्न बनाइएको सत्तल, पाटी वा विशेष घर भनिएको छ । साथै विशेष पर्वका दिन मन्दिरभित्रका खुँडा, तरबार, खड्ग आदि हतियार हातमा लिएर गुल्मी, अर्घाखाँचीतिर बाजाको तालमा नाचिने एक प्रकारको जात्रा भन्ने उल्लेख छ ।

ऐतिहासिक महत्व 

भुरेटाकुरे राजाको पालादेखि नै यो नाच प्रदर्शन हुँदै आएको मान्यता छ । त्यस बेलाका राजाले रामले रावणलगायत राक्षस बध गरी मानव जातिलाई मुक्ति दिलाएको खुशीयालीमा विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सराए नाच्ने परम्परा चलाएको बताइन्छ । अर्को मान्यतानुसार ५६५ वर्षअघि दानवीय स्वभाव भएका जाट राजालाई मारेको सम्झनामा सो नाच नाच्ने परम्परा थालिएको किंवदन्तीसमेत छ ।

ती राजाले चाहेका बेला स्थानीयवासीले बालबालिकाको बलि दिनुपर्ने प्रचलनका कारण आक्रान्त भएकाले उनकै भारदार र श्रीमतीकै योजनामा डल्ले भन्ने स्थानमा मारिएको खुशीयालीमा यो नाच नाच्ने प्रचलन चलेको बताइन्छ ।

यो नाच १५ औँं शताब्दीदेखि शुरु भएको विश्वास गरिएको इतिहासका अध्येता अर्घाखाँचीका कुलप्रसाद आचार्यले बताउनुभयो । युद्ध जित्न सहयोग पु¥याएका हतियारको सम्मानमा ‘वाख्खै’ शब्द उच्चारण गर्दै यो नाच नाचिन्छ । ‘वाख्खै’ शब्दको अर्थ ‘त्यसलाई नछाड’ भन्ने हुन्छ । हातमा खुकुरी, खुँडा, तरबार, ढाल र लठ्ठी हातमा लिएर दमाहा, नरसिंहा, ट्याम्को, सनही र झ्यालीको तालसँगै सराए नाच नाचिन्छ ।
आइतबार बुटवलको जीतगढीमा आयोजित नाचमा सराए नाच आयोजक समितिका संयोजक जङ्गबहादुर श्रीसले यो नाच कोत वा मन्दिर नजीकैको समथर भूभागमा मात्र नाच्ने गरिएकाले जीतगढीमा पनि दुर्गा मन्दिरको आँगनमा आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गुल्मीका धुर्कोट र चोएगा, अर्घाखाँचीका अर्घाभगवती र भण्डारथुम, पाल्पाको भैरवस्थानलगायत ठाउँमा यो नाच विशेष किसिमले हजारौंँ जनताको उपस्थितिमा नाचिन्छ ।

अर्घाखाँचीको अर्घामा कोजाग्रत पूर्णिमाका अवसरमा नाचिने यो नाच हेर्न जिल्लाका अन्य भूभागबाट दुई दिन पैदल हिँडेरै बास बस्न आउने प्रचलनसमेत थियो । अहिले ती स्थानमा यो जात्रा प्रदर्शन हुने गरे पनि पहिलाको तुलनामा सर्वसाधारणको सहभागिता भने कम हुने गरेको छ ।
तरबार, खुँडालगायत हतियारसहित पञ्चैबाजाको तालमा नाचिने यो नाचमा देवीका प्रतीकका रुपमा लिइने आलमलाई समेत लिएर नाच्ने प्रचलन छ । शक्तिपीठका अगाडि आलम स्थापना गरिएको स्थानमा पुजारीको हातबाट टीका लगाएर हतियार पूजा गरी नाच्ने गरिन्छ । गोल घेरामा सराए नाचेपछि हतियार नचाउने कौशल प्रदर्शनसमेत गरिन्छ । -रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा अझै अलमल

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तार गर्न अझै केही दिन लाग्ने भएको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालयको संख्या बाँडफाँडमा कुरा

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका

एकै स्थानमा भेटियो ९ वटा बेवारिसे बम

कावासोती, १३ चैत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो बारीमा बम देखेपछि

सम्बन्धित

कालोपत्रका लागि माटोको ग्राभेल

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त बैठक आजदेखि सुरु

हटिया–ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्र

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले हेरे ‘छक्का पञ्जा ४’

कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

बल्खु खोलामा नवजात शिशुको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...