ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

तरकारी फल्यो , बिक्रीका लागि बजार छैन


admin

बाँके, ४ कात्तिक। राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । पहिले पनि घरायसी प्रयोजनका लागि तरकारीखेती गर्दै आएका तिनले दुई वर्षदेखि तरकारीखेती गरेर आर्थिकस्तरलाई उकास्ने प्रयास गरिरहेका छन् ।

विभिन्न सङ्घसंस्थाले कृषि तथा तरकारीखेतीसम्बन्धी योजना सञ्चालन गरेपछि ती जीविकोपार्जनतर्फ उन्मुख भएका हुन् । “पहिले घरमा खानलाई मात्र लगाउथ्यौँ, अहिले व्यावसायिक रुपमा तरकारीखेती गरिरहेका छौँ”, स्थानीयवासी सुकमानी थारुले भन्नुभयो । स्थानीयवासी सुमित्रा चौधरीले आफूले उत्पादन गरेको तरकारी बिक्री नहुँदा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेको तुलनामा यहाँका महिला तरकारीखेतीतर्फ उन्मुख भएका छन् तर बिक्रीका लागि बजारको समस्या छ ।” भगवतीपुरका महिलाले अहिले व्यावसायिक रुपमा लौका, करेला, खुर्सानी, भिण्डी, गोलभेँडालगायत तरकारी उत्पादन गर्दै आएका छन् । उनीहरुले महिला समूह निर्माण गरी प्रतिमहीना रु २० का दरले बचतसमेत गर्दै आएका छन् ।

बचत गरिएको रकम तरकारीखेती गर्न चाहने महिलाका लागि सस्तो ब्याजमा ऋण लगानी भएको छ तर ऋण लिनका लागि समूहमा आबद्ध हुनुपर्छ । तरकारीखेती गर्न थालेपछि विगतको तुलनामा महिला आत्मनिर्भर हुँदै आएको स्थानीयवासी मीना चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मासिक रुपमा बचत गर्दै आएका महिला तरकारी गर्न थालेपछि घरखर्च चलाउने समस्याबाट मुक्तसमेत भएका छन् ।” भगवतीपुरमा उत्पादित तरकारी बिक्रीका लागि अगैया र बिनौनाका स्थानीय बजारमा लैजानुपर्छ ।

स्थानीय बजारमा रु २० देखि रु ३० प्रतिकिलोका दरले तरकारी बिक्री हुँदै आएको छ । स्थानीयवासी छवि चौधरीका अनुसार एक डेढ घण्टा हिँडेर बजार पु¥याइएको तरकारी बिक्री नहुँदा कहिलेकाहीँ फिर्ता ल्याउनुपर्ने हुन्छ । “हामीले उत्पादन गरेको तरकारी स्थानीय बजारमा भनेअनुसार बिक्री हुँदैन । कहिलेकाहीँ फिर्ता ल्याएर रित्तो हात फर्किनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

“तरकारीखेती गर्न थालेपछि घरखर्च चलाउन निकै सहज भएको छ । पहिले छोराछोरीलाई कापी कलम किन्नै समस्या हुन्थ्यो अहिले निकै सहज भएको छ”, अमृता चौधरीले भन्नुभयो, “पहिले नूनतेल किन्नका लागि पनि श्रीमान्कै आश गर्नुपथ्र्यो, अहिले भने कसैलाई भन्नुपर्दैन ।” बजारको राम्रो सम्भावना भए यहाँका महिला आर्थिक रुपमा अझ बलियो हुने उहाँले बताउनुभयो ।

वार्षिक रु आठ लाख आम्दानी 

“बाजेले तरकारीखेती गर्दै आउनुभएको थियो, बुबाले पनि तरकारीखेती नै गर्नुभयो”, ३० वर्षीय सिराज राईले भन्नुभयो, “बुबा र बाजेले गरेको त्यही पेशा मैले पनि गरिरहेको छु ।” दश वर्षदेखि तरकारीखेती गर्दै आएको उहाँको परिवार यसको आम्दानीले आत्मनिर्भर बनेको छ ।

“मैले तालीम पनि लिएको छैन । मेरो बाजेले शुरु गर्नुभएको खेती हामीले पनि सिक्दै गयौँ”, उहाँले भन्नुभयो । उहाँले खुर्सानी, भण्टा, गोलभेँडा, बन्दा, काँक्रो, भाजीलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आउनुभएको छ । तरकारीबाटै वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ ।

“बारीको तरकारीले मेरो गरीबी हट्यो”, उहाँले भन्नुभयो, “तरकारीबाटै वार्षिक रु आठ लाखजति कमाइ हुन्छ ।” तरकारीखेती थालेपछि अहिले बिहानदेखि बेलुका अबेरसम्म तरकारीबारीमै व्यस्त हुने गरेको उहाँको भनाइ छ । उहाँ मात्रै होइन, उहाँका २८ वर्षीय भाइ आजादको दैनिकी पनि उसैगरी बित्ने गरेको छ । आजाद भन्नुहुन्छ, “बाजेकै प्रेरणा पाएर तरकारी गर्न शुरु गरेका हौँ, यसैमा हाम्रो परिवार चलेको छ ।” तरकारीखेतीमा कीटनाशक औषधिबाहेक मलका रुपमा रासायनिक मल प्रयोग नगरेरै उत्पादन गरिएको उनीहरु बताउँछन् । “आजादले भन्नुभयो, “हामीले घोडाको मललाई एक वर्षसम्म कुहाएर प्रयोग गरिरहेका छौँ ।”

अहिलेसम्म कहीँकतैबाट सहयोग नलिइएको सिराजले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आफ्नै बलबुतामा खेती गरिरहेका छौँ । कृषिमा गयो भने सहयोग गर्छ भन्ने सुने पनि आफ्नो पहुँच नभएकाले गएका छैनौँ । त्यहाँ गएर पाइने आश नभएकाले किन समय खेर फाल्ने भनेर हामी अहिलेसम्म सहयोग माग्न कतै गएका छैनौँ ।”

उहाँहरुले उत्पादन गरेको तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ । तरकारी मण्डीका थोक बिक्रेताले उत्पादन भएको तरकारी टिप्ने बेलामा ठेक्कामा लिने गरेका छन् । “तरकारी मण्डीहरुले थोकमा लैजान्छन्”, आजादले भन्नुभयो, “बिक्री गर्ने समयमा तरकारी किन्नेहरु आफैँ बारीमै पुग्नुहुन्छ, ठेक्कामा लैजानुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेलम्ची आउनु ठूलो उपलव्धी, आगामी दिन अझ बढी सफलता हासिल गर्ने : प्रधानमन्त्री

    काठमाडौं १ बैशाख ।प्रधानमन्त्रीले मेलम्ची ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ

२०७७ सालमा जस्तो कोरोनाको पीडा नदोहोरियोस् : प्रधानमन्त्री

काठमाडौं १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गरेका छन् । प्रधानमन्त्री ओलीले बुधवार

२०७७ सफलताको वर्ष रह्यो : प्रधानमन्त्री ओली

  काठमाडौं १ बैशाख । कोभिड महामारी भए पनि राजनीतक संकट देखापरे पनि गत वषर्ए उपलब्धिकै वर्ष रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सम्बन्धित

वीरगञ्जमा एक युवकको कोरोना सङ्क्रमण कारण मृत्यु

आइपिएलको चौथो खेलमा सर्वाधिक रन- २२१ : २१७, पञ्जाबसँग राजस्थान ४ रनले पराजित

ठाडै सुकेका रुखका कारण वन नै उजाडियो

आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेता नेपाल

भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com